चीनको शून्य–कोभिड रणनीति दिगो नभएको डब्लूएचओको भनाई



Download our app to get more features

एजेन्सी,२८ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कोरोना नियन्त्रका लागि चीनको शून्य–कोभिड रणनीति दिगो नभएको बताएका छन् । 

टेड्रोस अधानोम गेब्रेयससले पत्रकार सम्मेलनमा भनेका छन्  ‘जब हामी शून्य–कोभिड रणनीतिको बारेमा कुरा गछौँ, भाइरसको व्यवहार र भविष्यमा हामीले के अनुमान गर्छौं भन्ने विषयलाई मनन गर्दा यो दिगो छ भन्ने लाग्दैन ।’

चीनको शून्य–कोभिड रणनीति परिवर्तन गरेमा यो निकै महत्त्वपूर्ण रहने पनि उनले बताएका छन् । त्यस्तै उनले डब्ल्यूएचओका अधिकारीहरूले यस नीतिको बारेमा चिनियाँ विशेषज्ञहरूसँग कुरा गरेको जानकारी दिएका छन् । 

Last modified on 2022-05-12 09:49:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts