उत्तर कोरियामा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि



Download our app to get more features

बीबीसी, २९ वैशाख । उत्तर कोरियामा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

सङ्क्रमण पुष्टि भएपछि देशभर कडा लकडाउनको घोषणा गरिएको छ । 

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार देशको राजधानी प्योङ्गयाङ्गमा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको हो । तर, कति जनामा सङ्क्रमण पुष्टि भएको हो भन्ने विषयमा अहिलेसम्म जानकारी दिइएको छैन ।

कोरोना महामारी सुरु भएदेखि नै उत्तर कोरियाले आफ्ना सबै सीमानाका बन्द गरेको थियो । जसले गर्दा उत्तर कोरियालाई ठूलो आर्थिक समस्याको सामना गनु परेको थियो । 

Last modified on 2022-05-14 17:43:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts