भारतमा १ हजार ५ सय ६९ कोरोना संक्रमित थपिए 



Download our app to get more features

ऐजेन्सी, ४ जेठ ।   भारत २४ घन्टामा १ हजार ८ सय २९ व्यक्ति कोरोनाका संक्रमित थपिएका छन् । योसँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड ३१ लाख २७ हजार  १ सय ७७ पुगेको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सो समयमा नै  कोरोनाका कारण  थप ३३ को मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुने संख्या ५ लाख २४ हजार २ सय ९३ पुगेको छ । 

त्यस्तै सक्रिय सङ्क्रमित संख्या १५ हजार ६ सय ४७ रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । 
  
गत २४ घन्टामा २ हजार ५ सय ४९ जना कोरोनाबाट निको भएका छन् । यसैसँगै भारतमा हालसम्म ४ करोड २५ लाख ८७ हजार २ सय ५९ जना कोरोनाबाट निको भएका छन् ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts