भारतमा प्रदूषणका कारण वर्षमा २३ लाखको मृत्यु 



Download our app to get more features

एजेन्सी, ४ जेठ । भारतमा प्रदूषणका कारण एक वर्षमा २३ लाख मानिसको मृत्यु भएको एक अध्ययनले देखाएको छ । 

मेडिकल जर्नल ‘लैन्सेट’ ले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१९ मा भारतमा प्रदूषणका कारण २३ लाख मानिसहरूको मृत्युु भएको उल्लेख गरिएको छ । 

मृत्यु भएकामध्ये १८ लाखको मृत्यु वायु प्रदूषण र अन्य ५ लाखको मृत्यु जल प्रदूषका कारण भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । लैन्सेट कमिशन अन पल्यूशन एन्ड हेल्थ नामक प्रतिवेदनमा प्रदूषणका कारण विश्वभर ९० लाख मानिसको मतयु भएको छ । 

जसमा वायु प्रदूषणका कारण ६७ लाख र जल प्रदूषणका कारण १४ लाख मानिसको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गर्छ । मृत्यु हुनेमध्य ९० प्रतिशतभन्दा बढी मानिस कम र मध्यम आय भएका रहेका छन् ।

Last modified on 2022-05-19 13:18:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts