विश्वका विभिन्न मुलुकमा तीव्र गतिमा फैलिँदै गएको मङ्किपक्स के ‘बोयोलोजिकल हतियार’ हो ?



Download our app to get more features

कोरोना महामारीकाबीच विश्वभर अहिले मङ्किपक्स तीव्र गतिमा फैलिँदै छ । अमेरिका, क्यानडासहित युरोपका विभिन्न मुलुकमा मङ्किपक्सले गर्दा तनाव उत्पन्न गराएको छ । अन्य मुलुकको भन्दा युरोपको स्पेन, पोर्चुगल, बेलायत, फ्रान्स, इटली लगायतका मुलुकमा मङ्किपक्स तीव्र गतिमा फैलिँदै गएको हो । हालसम्म यो रोग एशियाली मुलुकमा भने देखिसकेको छैन । तर, नदेखिएका भनेर भन्न सक्ने अवस्था पनि छैन । त्यसकारण, हामी सबै सचेत हुनु आवश्यक छ । 

यी सबका बीच मङ्किपक्सलाई लिएर नयाँ चर्चा विश्व समुदायमा सुनिन थालेको छ । र, त्यो हो, के मङ्किपक्स बायोलोजिकल हतियार हो ?

अन्तर्राष्ट्रिय सञ्चार माध्यमा आएका विभिन्न समाचारका अनुसार पूर्व सोभियत वैज्ञानिक कर्नल कनट अलिबकोभले एक अन्तरवार्ताको क्रममा भने, ‘सन् १९९० को दशकमा सोभियत सङ्घ मङ्किपक्सलाई बायोवेपनको रुपमा प्रयोग गर्न चाहन्थ्यो ।’

अलिबकोभ सोभियत सङ्घ भङ्ग हुनु अघिसम्म त्यसमा बायोलोजिकल हतियार कार्यक्रमका उपप्रमुख थिए । उनको यस अन्तरवार्ताले अब प्रश्न चिह्न खडा भएको छ, की विश्वभर तीव्र गतिमा फैलिन थालेको मङ्किपक्स के बायोलोजिकल हतियार हो त ?

के हो बायोलोजिकल हतियार ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार बायोलोजिकल हतियारको माध्यमबाट कुनैपनि ब्याक्टेरिया, भाइरस वा फङ्गसको प्रयोग गर्ने गरिन्छ । यस्ता हथियारको प्रयोग गर्नुको उदेश्य भनेको मानिसलाई बिरामी बनाउनु हुन्छ । कतिपय अवस्थामा यसले मृत्यु पनि गराउँछ । यसले महामारी फैलिने खतरा उच्च हुन्छ । यसले मानिस मात्रै होइन, रुख विरुवा र पशुपन्छीलाई पनि नोक्सान हुन्छ ।

संयुक्त राष्ट्र सङ्घका अनुसार बायोलोजिकल वेपनको प्रयोग दुई प्रकारले गर्ने गरिन्छ । पहिलो वेपनाइज्ड एजेन्ट र दोस्रो डिलिभरी म्याकेनिज्म । यस्ता हतियारको प्रयोग राजनीतिक हत्याका लागि गर्न सकिन्छ । जनावरहरूमा सङ्क्रमण गराउनका लागि र कृषि उत्पादनलाई नष्ट पार्नका लागि पनि यसको प्रयोग गर्न सकिन्छ । जसले गर्दा त्यस मुलुकमा खाद्यान्न सङ्कट र आर्थिक सङ्कट उत्पन्न हुन सक्छ । यसले ठूलो परिमाणमा बिमारी फैलाउन सकिन्छ ।

वेपनाइज्ड एजेन्ट भनेको जसमा कुनै ब्याक्टेरिया, भाइरस, फङ्गस वा टक्सिन (जनावर वा वोटविरुवाको विष वा कृत्रिम रुपले तयार विष) को प्रयोग गर्न मिल्ने हुन्छ भने डेलिभरी म्याकेनिज्म भनेको जसमा बायोवेपनलाई कुनै मिसाइल, बम वा रकेटको माध्यमबाट प्रहार गर्ने गरिन्छ । बायो हतियारलाई लिएर जानका लागि मिसाइल, बम र रकेटलाई प्रयोग गरिन्छ ।

के यस्तो हुन सक्छ ? 
पक्कै पनि हुन सक्छ । विश्वभरका विभिन्न मुलुकहरू, बायोवेपनमाथि काम गरिरहेका छन् । बायोलोजिकल हतियारको प्रयोग गर्ने विषयलाई लिएर वर्षौदेखि आशङ्का छ । त्यहि भएर करिब ५० वर्ष अघि एक अन्तर्राष्ट्रिय कानून बनाइयो, ताकि यस्ता हतियारको प्रयोगलाई रोक्न सकियोस । 

बायोलोजिकल हतियारको प्रयोग रोक्नका लागि १९७२ मा एक कानून बनाइयो । जसमा कुनैपनि मुलुकले बायोलोजिकल वा टक्सिन हतियारको निर्माण नगर्ने र यसको प्रयोग नगर्ने उल्लेख गरियो । यस कानूनमाथि रुससहित विश्वका १ सय ८३ मुलुकले हस्ताक्षर गरेका थिए ।

के मङ्किपक्स बायो हतियार हो ? 
मङ्किपक्सलाई बायो हतियार भन्न सकिँदैन । तर, पूर्व सोभियत वैज्ञानिकले दावी गरेका थिए की, रुसले यसको प्रयोग बायो हतियारको रुपमा गर्न चाहन्थ्यो ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार पहिलोपटक यो रोग १९५८ मा पत्ता लागेको थियो । त्यति बेला अध्ययनका लागि राखिएको बाँदरमा यसको सङ्क्रमण फेला परेको थियो । त्यसकारण यसको नाम मङ्किपक्स राखियो । ती बाँदरमा ठेउलाको जस्तो लक्षण देखिएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मानिसमा मङ्किपक्सको पहिलो केस १९९० मा पुष्टि परेको थियो । त्यतिबेला कङ्गोका एक ९ वर्षको बच्चामा यसको सङ्क्रमण पुष्टि भएको थियो । १९७० पछि ११ अफ्रिकी मुलुकमा मानिसमा मङ्किपक्सका कारण सङ्क्रमित भएको बुझिएको थियो ।

कोरोनाभाइरस फेला पर्दा पनि यस्तै थियो चर्चा
सन् २०१९ मा फेला परेको कोरोनाभाइरसको विषयमा पनि यस्तै चर्चा थियो । हुन त हालसम्म पनि कोरोना भाइरसको वास्तविक उत्पतिको बारेमा तथ्य फेला पर्न सकेको छैन । कोरोनाभाइरसको उत्पतिबारे अध्ययन र अनुसन्धानका लागि विश्व स्वास्थ्य सङ्गठनले टोली नै पनि पठायो । तर, सुरुमा त टोलीलाई चीन प्रवेशमा रोक लगाइयो । पछि प्रवेश दिइए पनि जहाँबाट कोरोनाभाइरस फेला परेको पुष्टि भएको थियो त्यस ल्याबमा सङ्गठनको टोलीलाई प्रवेश दिइएन । जसले गर्दा सङ्गठनको टोली अनुसन्धान बिनै फर्कियो ।

कोरोनाभाइरस पनि चीन हुँदै युरोप, अमेरिका लगायत विश्वका हरेक मुलुकमा फैलियो । जसले गर्दा कुनै एक मुलुक मात्रै होइन विश्वकै अर्थतन्त्र लगायत हरेक क्षेत्र प्रभावित बन्यो । तर, चीनको अर्थतन्त्रमा भने कुनै समस्या आएन । बरु उल्टै प्रगति भयो । 

चीन र पश्चिमा मुलुक अनि एशियाली कतिपय मुलुकबीचको सम्बन्ध राम्रो छैन । विश्वको शक्तिशाली राष्ट्रमध्यको एक चीन र अमेरिका, भारत, बेलायत लगायतका मुलुकबीच अर्थतन्त्रलाई लिएर वर्षौदेखि प्रतिस्पर्धा छ । पछिल्लो समय त चीनले विभिन्न योजनको नाममा विभिन्न मुलुकलाई ऋण दिने र ऋण तिर्न नसकेकै कारण चीनले ती मुलुकमाथि आफ्नो बर्चस्व जमाउन थालेको चर्चा पनि सुनिन थालेको छ । 

कोरोनाभाइरसलाई बोलोजिकल वेपनको रुपमा प्रयोग गरेर चीनले आफूबाहेक सबै मुलुकको अर्थतन्त्रलाई तहसनहस बनाएको आरोप पश्चिमा मुलुकहरू र अमेरिकाले बारम्बार आरोप लगाउँदै आएको छ । 

कोरोनाभाइरसले महामारीको रुप लिँदै गर्दा अन्य मुलुकको अर्थतन्त्र ठप्प भयो तर, चीनको एक सहरबाहेक अन्य सबैको जनजीवन सामान्य बनिरह्यो । अन्य मुलुकलाई कोरोना महामारीबाट जोगिनका लागि चाहिने आवश्यक स्वास्थ्य सामग्री निर्यात गर्दै चीन, आफ्नो मुलुकको अर्थतन्त्र थप बलियो बनाउनमा जुट्यो ।

स्वास्थ्य सामग्री निर्यात गरिरहँदा गुणस्तहिन सामान निर्यात गरेको भन्दै न्यूजिल्याण्ड, पाकिस्तान लगायतका मुलुकले सामान नै फिर्ता पनि गरे । 

चीनले कोरोनाभाइरसलाई बायो वेपन बनाएको भनेर प्रश्न किन पनि उठ्यो भने चीनको एक सहरमा मात्रै कोरोना देखियो र कोरोनाका कारण क्षतिपनि न्यून भयो । तर, त्यहि कोरोनाभाइरसका कारण अन्य मुलुकमा भने मृत्युदर पनि उच्च र सङ्क्रमणदर पनि उच्च हुँदा अर्थतन्त्र नै जोखिममा पर्यो । अझै पनि कतिपय मुलुकको अर्थतन्त्र उठ्न नसक्दा समस्या बढिरहेको छ ।

कोरोनाले अझै पनि सहज वातावरण हुन सकेको छैन । तर, फेरि देखिएको मङ्किपक्स बायोलोजिकल वेपन हो कि भनेर बहस हुनु चिन्ताको विषय भने हो ।

Last modified on 2022-05-25 11:13:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts