भारतमा २ हजार २२ जना नयाँ कोरोना संक्रमित थपिए 



Download our app to get more features

एजेन्सी,१० जेठ । भारतमा पछिल्लो २४ घन्टामा २ हजार २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३ सय ९३ पुगेको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ३२ रहेको छ । मन्त्रालयका अनुसार कोरोनाबाट निको हुने समग्र दर ९८ दशमलब ७५ प्रतिशत छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ४६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ४ सय ५९ जना पुगेको छ । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या फेरि बढेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts