विश्व स्वास्थ्य संगठनको महानिर्देशकमा पुन : डाक्टर ट्रेडोस



Download our app to get more features

काठमाडौं,११ जेठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस पुन: निर्वाचित भएका छन् । 

उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षेका  लागि पुन: महानिर्देशकमा निर्वाचित गरेका हुन् ।

गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित भएका थिए । उनलाई स्वीजरल्याण्डको जेनेभामा जारी ७५ औँ विश्व सम्मेलनले निर्विरोध दोस्रो कार्यकालका लागि निर्वाचित गरेको छ। 

यसपटक महानिर्देशक पदका लागि डा.टेड्रोस मात्र उम्मेद्वार थिए । 

निर्वाचित भएपछि उनले डब्लुएचओका महानिर्देशकको रूपमा दोस्रो कार्यकालको लागि सदस्य राष्ट्रहरूले प्रदान गरेको अवसरबाट आफु आभारी रहेको बताएका छन् ।  

Last modified on 2022-05-25 16:27:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts