मिर्गौला बिगार्ने 'लुपस नेफ्राइटिस्' के हो ? जानौं जोगिने उपाय



Download our app to get more features

मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अङ्ग हो । यसले शरीरमा भएको रगतलाई सुद्ध बनाइ शरीरभरी फैलाउने काम गर्छ । यदि मिर्गौलामा केही खराबी भयो भने शरीरमा विभिन्न समस्या देखिन थाल्छ ।

केही वर्षयता नेपालमा मिर्गौला सम्बन्धी रोग लागेका व्यक्तिको संख्या बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । यो आफैमा निकै नराम्रो हो ।

मिर्गौला अस्वस्थ हुनुका कारण धेरै छन् । त्यसमध्ये पनि मिर्गौला सम्बन्धी रोग लुपस नेफ्राइटिस् एक प्रमुख कारण हो । लुपस नेफ्राइटिस्ले मिर्गौलामा कसरी असर गर्छ ? मिर्गौला रोग विशेषज्ञ डाक्टर अर्चन सम्सेर राणाको भनाइ यस्तो छ :

लुपस भनेको एक प्रकारको वाथ रोग हो । यो अलि जटिल प्रकृतिको हुन्छ । यो रोग यही कारणले लाग्छ भन्ने छैन् । तर, सामान्यतया आफ्नै शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमताले असर गर्यो भने समस्या देखिन्छ ।

यसको साथै सूर्यको सिधा प्रकाशमा धेरै समय रहँदा पनि यो रोग लाग्न सक्छ ।

लक्षण : मुखमा पुतली आकारका राता राता कत्ला आउने ।

मुखभित्र घाउ आउने ।

औलाको कापमा रातो हुने, चिलाउने ।

वाथ रोगले शरीर दुखे जसरी दुख्ने । 

घाममा निस्कदा मुख रातो हुने, चिलाउने ।

लामो समयपछि रगत, मिर्गौला, छातीमा असर गर्छ ।

पिसाबमा प्रोटिन जाने, रगत जाने हुन्छ । 

मुख, हात खुट्टा सुनिने हुन्छ ।

यो रोग लागेको लामो समय भए मिर्गौला ड्यामेज नै हुनसक्छ । 

यस्ता व्यक्तिलाई बढी जोखिम  हुनत यो रोग सबैलाई लाग्न सक्छ । तर, पुरुषको तुलनामा महिलामा बढी देखापर्छ ।

विभिन्न अध्ययन अनुसन्धानका अनुसार ९ जना महिलामा यो रोग लाग्दा एक पुरुषमा देखिएको छ । रजस्वला हुने समय १३–१४ वर्षदेखि ४०–४५ वर्षका महिलामा यो भढी देखिन्छ । तर, यो रोग पुरुषमा लाग्यो भने महिलाको भन्दा अलि जटिल हुने गरेको छ । 

यसरी थाहा पाउनुहोस् :यो रोगको लक्षण देखिएका बिरामीमा मिर्गौलामा रेनल वायप्सी (सानो इन्जेक्सन हालेर त्यसको जाँच गर्ने ) गरिन्छ । त्यसपछि मिर्गाैलमा कति असर पुगेको छ सोको एकिन गरि सोही अनुसार उपचार पद्धति अबलम्बन गरिन्छ । सुरुवाती चरणमै थाहा पाए रोग सहजै निको हुन्छ । तर अन्तिम चरणमामा पुगेको भए निको हुन निकै गाह्रो हुन्छ । 

बच्ने उपाय : यो रोग्न लाग्ने एकीन कारण अझै पत्ता लागेको छैन । सोही कारण यो रोगबाट बच्ने उपाय पनि यही हुन्छ भन्ने छैन् । रोग प्रतिरोधात्मक क्षमताको कारणले गर्दा लाग्ने भएकाले रोग लाग्यो भने सुरुवाती चरणमै उपचार गराउनु नै सबै भन्दा उत्तम उपाय हो । 

 

Last modified on 2022-05-29 10:41:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts