चीनको बेइजिङमा कोरोना संक्रमितहरुले क्वारेन्टाइन नियम उलङ्घन थाले



Download our app to get more features

एजेन्सी,१७ जेठ । चीनको राजधानी बेइजिङमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूले कोरोना नियन्त्रण सम्बन्धी नियमहरूको उलङ्घन गर्न थालेका छन् ।

दैनिक हजारौँले नियम उलङ्घन गर्ने गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

क्वारेन्टाइनमा बसेका वा बस्नुपर्ने अवस्थामा रहेकाहरू नै अहिले बाहिर निस्कने गरेको उनीहरूको भनाइ छ ।

चीनमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेपछि पछिल्लो पाँच हप्तादेखि सरकारले आम नागरिकलाई घर भित्रै बस्न अनुरोध गरेको छ ।

विषेश गरेर सङ्क्रमित भएकाहरूलाई कोरोना भाइरस नियन्त्रण सम्बन्धी नियमहरूको पालना कडाइका साथ गर्न पनि सरकारी अधिकारीहरूले आह्वान गर्दै आएका छन् ।

लामो समयदेखि क्वारेन्टाइनमा बस्नु परेको र बाहिर निस्कन नपाएकोले सरकारी नियम नै उलङ्घन गरी बाहिर निस्कने गरेको उनीहरूले बताएका छन् ।

Last modified on 2022-05-31 11:25:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts