सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीका स्वास्थ्य मन्त्री पक्राउ



Download our app to get more features

ऐजेन्सी,१७ जेठ । भारतको दिल्ली सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार स्वास्थ्य मन्त्री जैन सन् २०१५/०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् ।

भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले जैन र उनको परिवारविरुद्ध २०१७ को अगस्टमा १ अर्ब ६२ करोड भारतीय रुपैयाँ सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो । जैन पक्राउ परेकोमा आम आदमी पार्टीले विरोध गरेको छ । 

Last modified on 2022-06-01 07:43:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts