हृदयघातबाट भारतीय गायक केकेको निधन



Download our app to get more features

एजेन्सी,१८ जेठ । हृदयघातबाट भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ) को निधन भएको छ । 

मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो ।

नजरुल मन्चमा गुरुदास कलेजको एक कार्यक्रममा उनले प्रस्तुति दिइरहेका थिए । 

होटलमा आउनसाथ स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई कलकत्ताकै मेडिकल रिचर्स इन्चिच्युट अस्पताल लगिएको थियो । तर, अस्पाताल पुर्‍याउनासाथ चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

भारतीय मिडियाहरुमा आएको रिपोर्टअनुसार उनलाई हृदयघात भएको हो । तर, यस विषयमा अहिलेसम्म आधिकारिक जानकारी अस्पतालले दिएको छैन ।

५३ वर्षिय गायक केकेले मंगलबारको आफ्नो कार्यक्रमको केही झलक सामाजिक सञ्जालमा समेत सेयर गरेका थिए । उनले कलकत्ताको नाजरुल मञ्च प्रस्तुती दिएका थिए ।

Last modified on 2022-06-06 15:35:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts