संसारमै पहिलो पटक मानव कोषबाट निर्मित थ्रीडी कानको सफल प्रत्यारोपण



Download our app to get more features

एजेन्सी, २१ जेठ । संसारमै पहिलोपटक मानिसको कोषबाट थ्रीडी प्रिन्टेड अङ्गको विकास गरिएको छ । 

अमेरिकाको थ्रीडिबायो नामक कम्पनीले २० वर्षीया युवतीको कोषबाट उसका लागि थ्रीडी प्रिन्टेड कानको विकास गरेको छ । जसलाई २ दिन अघि मात्रै ती युवतीको कानमा प्रत्यारोपण गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

कार्नेगी मेलनमा बायोमेडिकल इन्जिनियरिङ्ग रिसर्चर एडम फिनवर्गले विश्वका लागि यो पहिलो र ठूलो सफलता भएको बताएका छन् । 

जुन युवतीमा कान प्रत्यारोपण गरिएको छ उनको देव्रे पट्टिको कान जन्मेदेखि नै सानो र निस्क्रिय थियो । कोजेनिटल दुर्लभ रोग माइक्रोशियाका कारण मानिसमा हुने गर्छ । यो क्लिनिकल परीक्षण यसै वर्षको सुरुमा गरिएको थियो । जसको सफल प्रत्यारोपण जुन २ मा गरियो । अब यो कानको तन्तुहरू विस्तारै विकास भइरहेको छ ।

रिसर्चर एडमका अनुसार मानिसको जिउँदो कोष र तन्तुहरूबाट बनाइएको थ्रीडी प्रिन्टेड कान कुनै मानिसको जीवित शरीरमा लगाउनु आफैमा ठूलो उपलब्धि हो ।

थ्रीडिबायो थेराप्यूटिक्सका कार्यकारी निर्देशक डेनियर कोहेनले बायोप्सी पछि कान युवतीमा प्रत्यारोपण गर्न सफल भएको बताएका छन् । शल्यक्रियामा सहभागि शल्यचिकित्सक अरतुरो बोनिलाले माइक्रोशिया नामक रोगका कारण पीडित भएका व्यक्तिहरूलाई अब समस्या नहुने प्रतिक्रिया दिएका छन् । 

Last modified on 2022-06-05 12:11:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts