भारतमा ४ हजार बढी नयाँ कोरोना संक्रमित भेटिए



Download our app to get more features

ऐजेन्सी,२२ जेठ । भारतमा बितेको २४ घन्टामा ४ हजार २ सय ५७ कोरोना संक्रमित पहिचान भएका छन् ।  यो संख्या भारतमा गएको ८८ दिन यताकै सबैभन्दा बढी हो । 

भारतमा शनिबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै २ हजार ६ सय १२ संक्रमित निको भएका छन् । हालसम्म भारतमा ४ करोड ३१ लाख संक्रमित भइसकेका छन् । यीमध्ये ४ करोड २६ लाख संक्रमित निको हुँदा ५ लाख २४ हजार मानिसले ज्यान गुमाए । अहिले उपचाररत संक्रमितको संख्या २२ हजार ६९१ रहेको छ ।

भारतको केरलामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यहाँ कोरोना पोजिटीभिटी दर ९.८७ भेटिएको छ । 

Last modified on 2022-06-05 15:13:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts