नेपाल नेशनल हस्पिटल छैठौं वर्षमा, वार्षिकोत्सवको अवसरमा ३० गतेसम्म निः शुल्क ओपिडी सेवा



Download our app to get more features

काठमाडौं, २४ जेठ । नेपाल नेशनल हस्पिटलले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

काठमाडौंको कलङ्कीमा रहेको हस्पिटलले हाजिरी जवाफ, हिज्जे प्रतियोगिताको आयोजना गर्यो । 

शनिवार विशेष कार्यक्रमको आयोजना गरेको हस्पिटलको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधान, अर्थ तथा गृहमन्त्री बिष्णु प्रसाद पौडेलले सबैका लागि सहज गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालको सक्रियता प्रशंसनीय रहेको बताए ।

उनले देशको स्वास्थ्य क्षेत्रमा समस्याहरू धेरै रहेको हुँदा स्वास्थ्यकर्मीहरूका समस्या समाधान गर्दै र मनोबल बढाउँदै स्तरीय सेवाका लागि प्रोत्साहन गर्नुपर्ने बताए ।

वार्षिकोत्सवमा अस्पतालका मेडिकल डाईरेक्टर डा. प्रकाश पौडेलले अस्पताल स्थापनाको ईतिहास स्मरण गर्दै गुणस्तरीय सेवा प्रवाहका लागि सञ्चालक, स्वास्थ्यकर्मी र कर्मचारीहरू प्रतिबद्ध रहेको बताए ।

हस्पिटलले आफ्नो वार्षिकोत्सवको अवसरमा जेष्ठ २२ देखि ३० गतेसम्म निःशुल्क ओपिडी सेवा पनि सञ्चालन गरिरहेको छ ।

Hamro Doctor
Last modified on 2022-06-08 08:21:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts