भारतमा हवाई यात्रीहरूले उडानभरि मास्क लगाउनु पर्ने 



Download our app to get more features

एजेन्सी,२६ जेठ ।  भारतमा हवाई यात्रीहरूले उडानभरि  नाक र मुख छोपिनेगरी मास्क लगाउनु पर्ने छ । 

भारतमा हवाई नियामक निकायले नयाँ निर्देशन जारी गर्दै सबै हवाई यात्रीहरूलाई अनिवार्य मास्क लगाउन भनेको हो । 

कोभिड–१९ सङ्क्रमण दरमा कमी आएसँगै जहाजमा भएका यात्रुहरूले मुखमा मास्क नलगाएर कोभिड नियमलाई हल्का लिन थालेपछि सरकारी उक्त निकायले उडानका समय मास्कलाई सुरक्षित लगाइराख्न निर्देशन गरेको हो ।

नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको निर्देशनमा विमानस्थल परिसरमा पनि मास्क अनिवार्य गरिएको छ । 

नयाँ निर्देशनले भारतमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि मास्कको महत्वलाई मान्यता दिएको हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts