अमेरिका जादा अबदेखि कोरोना नेगेटिभ रिपोर्ट देखाउन नपर्ने



Download our app to get more features

एजेन्सी, २८ जेठ । अमेरिकामा विदेशबाट आएका यात्रुहरूलाई कोरोना नभएको रिपोर्ट देखाउन नपर्ने भएको छ ।

अमेरिकी सरकारले कोरोना महामारीको जोखिम कम भएको र सबैको पहुँचमा खोप पुगिसकेकाले अबदेखि कोरोना नभएको रिपोर्ट देखाउन नपर्ने व्यवस्था गर्न लागेको हो ।

अमेरिकाले कोरोना भाइरसविरुद्धको लडाईंमा उल्लेखनीय प्रगति हासिल गरेकाले अमेरिका पुग्ने हवाई यात्रुहरूले अबदेखि कोरोना नेगेटिभ प्रमाण पेस गर्नुपर्ने नियम हटाइएको बताइएको छ ।

यो नियम भोलिदेखि लागू हुनेछ ।

अमेरिकाको भ्रमण उद्योगले यो नीतिको अन्त्यका लागि सरकारमाथि निरन्तर दबाब दिँदै आएको थियो ।

भ्रमण व्यवसायीहरूले यस नीतिका कारण परिवारहरू विदेशमा अलपत्र पर्ने डरले हवाई टिकट बुकिङ गर्न मानिस डराउने गरेको समस्या स्पष्ट पारेका थिए ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले नयाँ नीतिको आगामी ९० दिनसम्म पुनर्मूल्याङ्कन गर्ने बताएको छ ।

अमेरिकाले कोरोना महामारीका कारण विश्वमै सबैभन्दा बढी मानवीय क्षति बेहोरेको छ ।

Last modified on 2022-06-12 09:31:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts