पाठेघरमा एक सयभन्दा बढी ट्यूमर भएकी १८ वर्षीया किशोरीको ब्लूक्रसमा सफल शल्यक्रिया



Download our app to get more features

काठमाडौं,२९ जेठ । ब्लूक्रस अस्पतालमा पाठेघरमा एक सयभन्दा बढी ट्यूमर भएकी १८ वर्षीया किशोरीको सफल शल्यक्रिया गरिएको छ । दुरबिनको माध्यमबाट ती किशोरीको पाठेघरको ट्यूमरको जटिल समस्याको शल्यक्रिया गरिएको हो । 

अस्पतालकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.रंगीना लाइकंगबमले किशोरीको पाठेघरको ट्यूमरको जटिल समस्याको सफल शल्यक्रिया गरेकी छिन् । 

डा.लाइकंगबमले तनहुँ घर भएकी ती किशोरीको जस्तो केश आफ्नो चिकित्सकिय अभ्यासका क्रममा नै पहिलो भएको बताइन् । ‘१८ वर्षीया किशोरीको पाठेघरमा ट्यूमरको जटिल समस्या थियो,’ उनले भनिन्, ‘यस्तो खालको केश मेरो चिकित्सकिय अभ्यासका क्रममा नै पहिलो हो।’

उनले १८ वर्षको उमेरमा यस्तो समस्या हुनु दुर्लभ रहेको बताइन् । शल्यक्रिया सफल भएपपछि उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts