बच्चालाई ज्वरो लागेको छ ? ध्यान दिनुस् यी कुरामा



Download our app to get more features

शरिरको तापक्रम (३७ डिग्री वा ९८ डिग्री फरेनहाइट) भयो भने ज्वरो भनिन्छ । शरीरमा कुनै किटाणुको सङ्क्रमण भएमा दिमागमा भएको कोषहरूको प्रतिरोधात्मक रियाक्सनले गर्दा ज्वरो आउँछ । ज्वरोले शरीरमा केही नकारात्मक असर भएको सङ्केत गर्छ । 

मेरो बच्चाको निधार तातो हुन्छ ?
छोएर ज्वरोको मापन गर्ने उपयुक्त तरिका होइन 
शरिरको तापक्रम डिजिटल थर्मामिटरले मापन गर्नुपर्छ 

ज्वरो आउनु प्रमुख कारण के हो ?
बच्चामा देखिने प्रमुख कारणहरू :

किटाणुको सङ्क्रमण 
शरीरमा पानीको मात्रा कम हुनु 
औषधि 
खोप लगाए पछि 
क्यान्सर रोग  
प्रायः जसो ज्वरोको कराणहरू साधारण हुन्छन्
भाइरल किटाणुको सङ्क्रमण सबैभन्दा धेरै हुन्छ ।
खोप लगाएपछि पनि ज्वरो आउँछ ।    
     
बच्चालाई ज्वरो आउँदा के गर्नुपर्छ ?
बच्चालाई सजिलो महसुस गराउनु पर्छ ।
धेरै लुगा लगाउनु हुँदैन । मौसम अनुसार कपडा लगाउनु पर्छ ।
पानीको मात्रा पर्याप्त मात्रामा दिने ।
डाक्टरको सल्लाह अनुसार पारासिटामोल १५ एमजी÷पन÷डोज÷औषधि दिने ।
पानी पट्टी गर्ने । लगातर टाउकोदेखि पैतालासम्म पुछ्ने ।

कुन एन्टिबायोटिक्स दिने ?
बच्चालाई ज्वरो प्रायःजसो किटाणु सङ्क्रमणले गर्दा हुन्छ ।
एन्टिबायोटिक्स जथाभावी दिनु उपयुक्त हँुदैन
डाक्टरको सल्लाहले दिँदा हुन्छ 
ज्वरो आउँदा कतिबेला चिन्ताजनक हुन्छ 
सुस्त, बान्ता
टाउको दुखनु 
जियु बटार्नु 
ज्वरो धेरै आउनु (१ सय ४ डिग्री फरेनहाइट)
ज्वरो पाँच दिनभन्दा धेरै आउँनु 

कामज्वरो भनेको के हो ?
बच्चाहरू ६ महिनादेखि पाँच वर्षको उमेरसम्म कहिलेकाही कामन सक्छ ।
परिवारमा बच्चाको आमा –बुबा , वा भाइ, दिदि बहिनीमा यस्तो भएमा ,अरु बच्चामा हुने सम्भावना बढ्छ ।
    
ज्वरो आउँदा के नगर्ने ?
धेरै लुगा लगाउनु हुँदैन, हावादार कोठामा राख्नुपर्छ
चिसो पानी वा आइसले पानी पट्टी गर्नु हुँदैन । सँधै धाराको पानी प्रयोग गर्नु पर्छ ।

ज्वरो आउँदा स्कुल पठाउनु हुन्छ कि हुँदैन ?
साधारण ज्वरो, अरु कुनै लछण नहुँदा पठाउन मिल्छ ।
तर, कम्तीमा एक दिन उपचार गरेपछि ज्वरो नआएको खण्डमा स्कुल पठाउँदा राम्रो हुन्छ ।
ज्वरो आउँदा स्कुल नपठाएको राम्रो ।
कहिलेकाँही सरुवा रोगहरूको कारण ज्वरो आउने भएको हुनाले अरु बच्चाहरूलाई सर्न सक्ने खतरा हुन्छ ।
 

Last modified on 2022-06-14 09:44:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts