बच्चालाई झाडापखाला भए के गर्ने के नगर्ने ? यो भन्छन् डा.साह

What's This?


Download our app to get more features

जब दिशा अत्यन्तै पातलो वा पानी जस्तै बच्चाले गर्छ र दिनको ३ पटक भन्दा बढी गर्छ भने झाडापखाला भनिन्छ । विशेष गरी दिशा हालसाले पातलो हुनु र धेरै हुनु झाडापखाला भएको मुख्य सङ्केत हो ।

झाडापखाला खतरनाक हुन्छ ?
    शरीरमा पानीको मात्रा कम भइदिनु मुख्य जटिलता हो । सँगसँगै शरीरमा भएको मुख्य तत्वहरूको घटबढ पनि हुनसक्छ ।

सबै पातलो दिशालाई झाडापखाला भनिन्छ ?
बच्चाले कति पटक दिशा गर्छ भन्ने कुरा उसको उमेर र खानपानमा पनि भर पर्छ । जति उमेर कम भयो त्यति धेरै दिशा गर्छ । झाडापखाला लागेको भन्नलाई धेरै पटक र पातलो दिशा गरेको हुनुपर्छ ।

सामान्य दिशाको प्रवृति
बच्चाको उमेर     दिशाको सङ्ख्या/दिन 

ण् – १ महिना      ५ – ६ 
१ – ३ महिना      ३ – ४ 
४ – ६ महिना      २ 
७ – २४ महिना    १ – २ 
१ – १७ वर्ष         १ 
     
नवजात शिशु :
    यी शिशुहरूले बाक्लो हरियो दिशा जन्मको २४ – ४८ घण्टा भित्र दिशा गर्छन् । 
    ३ – ६ दिनमा पातलो र पहेलो दिशा ७ – ८ पटकसम्म गर्न सक्छ र यसलाई सामान्य भनिन्छ ।  

स्तनपान गर्ने बच्चाहरू 
    स्तनपान मात्र गर्ने बालबालिकाहरूमा आन्द्रा बढी चल्ने भएकोले कहिलेकाहि दूध खाएको आधा वा एक घण्टा भित्र दिशा गर्दछ । यो सामान्य हो र यसलाई उपचार गर्नु पर्दैन ।

बच्चामा झाडापखाला किन हुन्छ ?
धेरै कराणहरू छन्
    सबैभन्दा धेरै महत्वपूर्ण कारण भनेको आन्द्रामा हुने भाइरल सङ्क्रमण हो ।
    दुई वर्ष भन्दा मुनिका बच्चाहरूमा रोटा भाइरस नामक किटाणुले गर्दा झाडापखाला लाग्छ ।
    ब्याक्टेरिया जीवाणुको सङ्क्रमण 
    परजीवीको सङ्क्रमण 
    औषधीको एलर्जी 
    आन्द्राको समस्या 
    खानाको असहिष्णुता 
  
झाडापखाला लाग्दा घरमा के गर्ने ?
    शरीरमा पानीको मात्रा र अन्य तत्वहरूको मात्रा घटबढ हुने भएकोले पानी वा झोलिलो खानाहरू प्रशस्त मात्रामा दिनुपर्छ ।
    सबैभन्दा उत्तम जीवनजल दिनुपर्छ । यो सजिलो, सर्वत्र पाउन सकिन्छ ।

झाडापखाला लाग्दा मुख्य रुपमा के मा ध्यान दिनुपर्छ ?
    खतराका सङ्केतहरू :
    बच्चा बेहोस हुनु 
    दुध नचुस्नु 
    लगातार बान्ता गर्नु 
    पिसाब नगर्नु 
    हात खुट्टा चिसो हुनु 
  यी मध्ये कुनै लक्षणहरू देखा परेमा तुरुन्त डाक्टरको परामर्श लिनुपर्छ ।

कुन अवस्थामा एन्टिवायोटिक्स दिने ?
    प्राय : जसो झाडापखाला भाइरल किटाणुको सङ्क्रमणले हुने भएकोले एन्टिवायोटिक्सको धेरै भूमिका हुँदैन । तर, दिशामा रगत देखा परेमा एन्टिवायोटिक्स  दिनुपर्छ । सँगसँगै अरु समस्या हुँदा पनि डाक्टरको सल्लाहमा एन्टिवायोटिक्स दिनु पर्छ ।
    निमोनिया 
    पिसाबको सङ्क्रमण 
    कान पाक्ने 
    कुपोषण 
    प्रतिरोधात्मक शक्तिकम हुनु 

झाडापखालाबाट कसरी बचाउने ?
    हात बारम्बार सफा गर्ने 
    खानेपानी सफा पिउने 
    बाच्चाको वरिपरी सफा राख्ने र बारम्बार हात सफा गर्ने 
    खुल्ला दिशा पिसाब नगर्ने 


अनिवार्य के गर्ने ?
    जीवनजल खुवाउने, घरमा उपलब्ध झोलिलो पदार्थ खुवाउने 
    स्तनपान गराउने 
    सफा राख्ने, हात बारम्बार धुने 
    डाक्टरको सल्लाहले औषधि सेवन गर्ने
    खतराका लक्ष्णहरू देखिना साथ डाक्टरको परामर्श लिने 

झाडापखाला लाग्दा के नगर्ने ?
    भोको नराख्ने, थोरै भए पनि जीवनजल, झोलिलो पदार्थ खुवाई राख्ने 
    डाक्टरको परामर्श बिना एन्टिवायोटिक्स नदिने
    चिनीयुक्त पेय पदार्थ, फलफूलको जुस, कोक, फेन्टा नदिने 
    डाक्टरको परामर्श बिना स्तनपान बन्द नगर्ने     
    खतराको लक्षण वा बच्चामा सुधार नभएको जस्तो लागेमा तुरुन्त डाक्टरको परामर्श लिने 
 

Last modified on 2022-06-21 13:53:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts