हैजाको संक्रमणबाट जोगिन के गर्ने ? यसो भन्छन् डा. शाक्य



Download our app to get more features

काठमाडौंमा हालै मात्र दुई जनामा हैजाको संक्रमण देखिएको छ । शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि आएका काठमाडौंका २ जना व्यक्तिमा हैजा देखिएको हो । 

२०७६ मा पनि काठमाडौंको एकजनामा हैजाको संक्रमण देखिएको थियो । पछिल्लो समय कपिलवस्तुमा हैजाको संक्रमण फैलिँदा ४ जनाको मृत्यु नै पनि भयो ।

विशेषगरी खानेपानीको स्रोत फोहोर हुने र दूषित खानपानका कारण अनि सरसफाइमा ध्यान नदिँदा हैजाको संक्रमण फैलिने गर्छ । 

विशेषगरी गर्मी अनि वर्षाको बेला मानिसहरुमा हैजा देखा पर्ने गरेपनि अघिल्ला वर्षको तुलनामा यो वर्ष छिटो हैजाका बिरामी देखिएको डा.दिपेश शाक्यले बताए । 

डा.शाक्यका अनुसार हैजाबाट बच्न शुद्ध पानीको प्रयोग गर्नुपर्छ । साथै जनचेतनाको कमीले पनि हैजा लाग्ने गरेको छ ।  

कुनैपनि रोगबाट बच्नुको उत्तम उपाय भनेको  खानपानमा ध्यान दिनु नै हो । यदि खाने कुराहरु बिश्वसनिय भए यस्ता रोगबाट बच्च सकिने डा. शाक्यको भनाइ छ । 

बासी तथा झिँगा भन्केका खाना खाँदा तथा प्रदुषित पानी पिउँदा हैजा लाग्ने हुँदा त्यस्ता खाना नखान तथा पानी नपिउन डा. शाक्यको आग्रह छ । सडकमा खुल्ला राखिएको खानेकुरा नखान पनि उनको आग्रह छ । बाहिरबाट घर आइसकेपछि वा दिशा पिसाब गरिसकेपछि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । 


 

Last modified on 2022-06-21 13:54:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts