झाडापखाला तथा हैजा जस्ता रोगहरुबाट कसरी बच्ने ?



Download our app to get more features

काठमाडौं,१० असार । गर्मी तथा वर्षायाम सुरु भएसँगै झाडापखाला तथा हैजा जस्ता रोगहरु देखा पर्न थाल्छन् । यस्ता रोगहरुबाट बच्नका लागि सावधानी अपनाउन आवश्यक छ । 

पखालाको जाखिममा को बढी पर्दछन् ?
-स्तनपान नगराई बोतलको दुध खुवाइरहेका बच्चाहरु ।
-कुपोषित बालबालिका ।
-दुषित खाना र पानी खाएमा ।
-व्यक्तिगत सरसफाईमा ध्यान नदिएमा ।
-खोप नपाएका बच्चाहरुमा ।

लक्षणहरु 
-पेट दुख्ने ।
-बान्ता हुने ।
-असाध्यै तिर्खा लाग्ने ।
-पातलो दिसा हुने ।

घरमै उपचार गर्ने उपायहरु
-झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया निवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने ।
-प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक पटक खान दिने ।
-नरम तथा सजिलै पच्न सक्ने खानेकुराहरु थोरै थोरै गरी पटक पटक खुवाउने ।
-स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङ्क चक्कीको मात्रा नबिराइ खुवाउने ।
-व्यक्तगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खाने ।

पखाला लाग्नबाट कसरी बच्ने 
-चर्पीमा मात्र दिसा पिसाव गर्ने ।
-दिसा पिसाव गरेपछि साबुन पानीले मिचिमिचि हात धुने ।
-खाना बनाउनु,खुवाउनु र खानुअधि साबुन पानीले मिचिमिचि हात धुने ।
-पानी उमालेर,फील्टर गरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने ।
-बासी सडेगलेको झिँगा भन्केको खानेकुरा नखाने ।
-खानेपानीको मुहान सफा र सुरक्षित राख्ने ।

Last modified on 2022-06-25 08:01:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts