अमेरिकामा गर्भपतनसम्बन्धी संवैधानिक अधिकार खारेज



Download our app to get more features

एजेन्सी,११ असार । अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी महिलाको गर्भपतन गर्न पाउने संवैधानिक अधिकारको अन्त्य गरिदिएको छ । 

अमेरिकामा करिब आधा शताब्दीदेखि रहेको गर्भपतनलाई दिइएको संवैधानिक संरक्षण सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको हो । सन् १९७३ मा गर्भपतनसम्बन्धी कानुनलाई अमेरिकामा वैध बनाइएको थियो । 

यससँगै अब अमेरिकामा दशौँ लाख महिलाले गर्भपतन सम्बन्धी कानुनी अधिकार गुमाउने बीबीसीले जनाएको छ । 

परम्परावादी न्यायाधीशहरूको बहुमत रहेको अदालतले ऐतिहासिक रो भी वेडको ऐतिहासिक निर्णय उल्टाइदिएको हो । उक्त निर्णयको पक्षमा ६ जना र विपक्षमा ३ जना न्यायाधीश थिए । 

Last modified on 2022-06-25 19:37:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts