अमेरिकी राष्ट्रपति बाइडनमा कोरोना सङ्क्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, ६ साउन । अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना सङ्क्रमित भएका छन् । 

कोरोनाभाइरसको सङ्क्रमण जस्तो लक्षणहरू देखिए पछि उनले परीक्षण गराएका थिए । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसका अनुसार उनमा थकाइ, हल्का खोकी र रुघा लागेपछि बिहीबार परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

राष्ट्रपति बाइडन कोरोना सङ्क्रमित भएपछि हाल आइसोलेसनमा बसेर काम गर्दै आएका छन् । 

७९ वर्षीय राष्ट्रपति बाइडनमा कोरोना सङ्क्रमणको सामान्य लक्षण देखिएको छ । उनले टेलिफोन र भर्चुअल माध्यमबाट बैठकमा भाग लिने बताएक छन् ।

Last modified on 2022-07-22 07:52:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts