प्लाष्टिक सर्जरी लगत्तै चर्चित मोडेलको मृत्यु (भिडियो सहित)



Download our app to get more features

एजेन्सी । ग्वाटेमालाकी चर्चित मोडलको प्लास्टिक सर्जरी गरेको केहि घण्टापछि नै हृदयघातका कारण मृत्यु भएको छ ।  प्लाष्टिक सर्जरीपछि फरार डक्टरलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ ।

मेलानी मोन्टेनेग्रो नाम गरेकी २२ वर्षीया मोडल शारीरिक सुन्दरताका कारसण चर्चित छिन् । उनले थप सुन्दरताका लागि इक्वेडरको ग्वायाक्वील शहरमा डा. फिलिपेको क्लीनिकमा लिपोसक्सन प्लास्टिक सर्जरी गर्न पुगेकी थिइन् । प्लाष्टिक सर्जरी गरेको केहि घण्टामै उनको मृत्यु भएको थियो । 

प्रहरीले अपरेसनको दौरान हृदयघातबाट मेलानीको मृत्यु भएको दावी गर्दै फरार डक्टरलाई पक्राउ गरिएको बताएको छ । मेलानीको परिवारका अनुसार उनको तीन वर्षिया छोरी छिन् । साथै मेलानीका परिवारले डाक्टरले मृत्युको खबर दिन समेत ढिला गरेको आरोप लगाएका छन् । तर अस्पतालले मेलानीले मेडिकल टोलीलाई सहयोग नगरेकोले मृत्यु भएको उल्लेख गरेको छ । अस्पतालका अनुसार अपरेशनका दौरान प्रयोग हुने औषधिसँग एलर्जी रहेको मेलानीले पहिले नै बताउनु पर्ने थियो । तर उनले नबताएको र त्यही औषधिको एलर्जीले हृदयघात भएको अस्पतालले जनाएको छ ।

प्रहरीका अनुसार यसअघिनै त्यस अस्पताल अपराधिक घटनाहरुमा संलग्न रहेको पाइएकोले थप अनुसन्धान अघि बढाइएको छ ।

फोटो हेर्नुस्
 

-तस्वीर फेसबुक

भिडियो पनि हेर्नुस् 

-एजेन्सीको सहयोगमा

 

Last modified on 2017-07-06 14:40:56

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts