नयाँ वर्षमा आफुलाई सँधै स्वस्थ राख्न अपनाउनुस् यी उपाय



Download our app to get more features

नव वर्ष २०१९ हाम्रो संघारमा छ । नयाँ वर्षको सुभारम्भ भएसँगै हामीले आफ्नो जीवनमा विभिन्न किसिमका प्रणहरु गर्ने गर्छौँ ।

आफ्नो जीवनलाई कसरी अझ राम्रो बनाउन सकिन्छ, कसरी पराना नराम्रा बानीहरुलाई छोडेर राम्रा बानीहरु अपनाउने, आफू सँगै अरुलाई पनि खुशि दिने जूता अनेक सकारात्मक कुराहरुलाई आत्मसाथ गर्नुपर्छ जस्ता प्रणहरु गर्छौँ । तर, हामी आफ्नो स्वास्थ्यप्रति भने त्यस्ता कुनै पनि किसिमको प्रण लिने गरेको बिरलै सुनिन्छ । हामी स्वस्थ भएनौँ भने हामीले गरेका प्रणहरु कसरी पुरा हुन सक्छ ।

त्यसैले नयाँ वर्षमा आफूलाई कसरी स्वस्थ राख्न सकिन्छ र हाम्रो स्वास्थ्यमा आउने चुनौतीहरुका लागि हामी सँधै तयारी अवस्थामा रहनु पर्छ । नयाँ वर्षमा हामी सबैजना आफूलाई फिट र फाइन हेर्न चाहन्छौँ भने त्यसका लागि यि कुराहरुमा ध्यान दिएर सँधै स्वस्थ रहन सकिन्छ ।

यी ६ कुरामा ध्यान दिनुस् सँधै स्वस्थ रहनुस् ...

इम्यूनिटीलाई राम्रो बनाउने 

राम्रो स्वास्थ्यका लागि इम्यूनिटीलाई बनाई राख्न धेरै जरुरी हुन्छ । त्यसका लागि नियमित रुपले अदुवा, लसुन को सेवन गर्नुपर्छ, यसले इम्यूनिटीलाई बढ़ाउने काम गर्छ । 

हिड्ने बानी बसालौँ  

राम्रो स्वास्थ्यका लागि खाना खानुका साथै व्यायाम गर्नु र आफूलाई क्रियाशिल राख्न जरुरी छ । समय निकालेर व्यायाम गर्नु पर्छ । यदी तपाईसँग समयको अभाव छ भने हिड्ने बानी बसालौँ । विहान अथवा बेलुका खाना खाइसकेपछि एक छिन् डुल्ने गरौँ ।

राम्रो निद्रा हुनुपर्छ

दैनिक ८ घण्टा सुत्नु आवश्यक हुन्छ, स्वस्थ रहनका लागि । राम्रो निद्राले इम्यूनिटीलाई बलियो बनाइ राख्छ । 

तनावलाई टाँढै राख्ने  

हाम्रो स्वास्थ्यका लागि तनाव कुनैपनि तरिकाले राम्रो हुँदैन । त्यसैले तनावलाई आफूभन्दा टाँढै राखौँ । परिवार सँग सकेसम्म धेरै समय बिताउनु पर्छ । आफूलाई मनपर्ने कामको लागि थोरै भएपनि समय निकाल्नु पर्छ ।

स्वस्थ खाना 

स्वस्थ खाना जति आवश्यक छ, त्यो भन्दा पनि बढी आवश्यक भनेको खाना समयमा खानु हो । खाना नियमित रुपले सही समयमा खानु राम्रो हुन्छ । खाना खान कहिल्यै पनि छोड्नु हुँदैन । स्वस्थ खाना थोरै खाने तर धेरै पटक खाने ।

दिमाग स्वस्थ राख्ने 

स्वास्थ्यको सम्बन्ध सोझै हाम्रो दिमाग सँग जुडेको हुन्छ । दिमागको व्यायामका लागि दिमागलाई क्रियाशिल राख्नु बढी जरुरी हुन्छ । यसका लागि राम्रो किताव, लेखहरु पढ्ने अथवा गितहरु सुन्नु पर्छ । किताबले सधैँ केहि नयाँ सिकाउँछ भने गितसगिंतले रिफ्रेश गराउँछ र यसले दिमाग क्रियाशिल रहन्छ ।


(एजेन्सीको सहयोगमा)
 

Last modified on 2019-01-01 15:26:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts