५८ वर्षको उमेरमा पनि नीतू कपूर छिन् एकदम फिट



Download our app to get more features

५८ वर्षको उमेरमा पनि बलिवुडकी अभिनेत्री नीतू कपूर फिटनेसको मामिलामा अहिलेकी अभिनेत्रीहरुको बराबरीमा छिन् ।

आफ्नो फिटनेसको बारेमा नीतूले बताइन्, ‘म महसुस गर्छु, युवाअवस्था भन्दा अहिले बढी फिट छु । त्यो समय जीनत र परबीन बबीले स्लिम फिगरलाई चर्चित बनाएका थिए ।’

विहेपछि नीतू फिटनेसका लागि जागरुक त भइन् । तर, नीतूलाई आपूmभन्दा बढी आफ्नो श्रीमान ऋषि कपूरको फिटनेसको चिन्ताले सताइराख्छ । नीतू भन्छिन्, ‘मेरो श्रीमानलाई खाना र ड्रिन्क्स धेरै नै मन पर्छ । म इन्टरनेटमा तौल घटाउने तरीका सँधै खोजि रहन्छु । ताकी ऋषिको पनि तौल कम होस् र फेरि पहिलाको जस्तै फिट पनि ।’ 

नीतू जस्तै तपाई पनि फिट एन्ड फाइन रहन सक्नुहुन्छ । तर आवश्यक छ उनको लाइफस्टाइललाई अपनाउने ।

जानौ नीतूको फिट रहनुको गजबको फर्मुला ः

१. एक्टिभ रहने ः नीतू भन्छिन्, ‘मेरो संसार भनेको मेरोे वर्क आउट, मेरो फिटनेस र मेरो ट्रेनर योगेशको छेउछाउ नै घुमीरहन्छ । म ३ दिन योगेश सँग तालिम लिन्छु र बाकी दिन १० हजार कदम हिड्छु ।’

२. जिमको सदस्य बन्नु नै पर्छ भन्ने जरुरी छैन ः नीतू जिम जादिनन्, उनी आफ्ना ट्रेनर योगेशमाथि निर्भर रहन्छिन् । योगेशको वर्कआउट प्लानमा योगा, टीआरएक्स, फ्री फ्रोर्म बोर्ड, बडी ब्लेड आदि सहभागि छन् ।

३. क्यालोरी घटाउने ः क्यालोरी घटाउनका लागि नीतू प्लायोमेट्रिक वर्कआउट गर्छिन् ।

४. आफन्तलाई समय दिने ः नीतू भन्छिन्, एक्सरसाइज गर्नु ब्रश गर्नु र  नुहाउनु जति नै महत्वपूर्ण हो । ५० वर्षको उमेरमा मेरो आमालाई उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र डायबिटिज थियो । हामी आफ्नो अभिभावकको खाने बानीलाई अपनाउँछौँ र जब बिरामी हुन्छौँे अनि भन्छौँ यो वशांनुगत रोग हो ।

५. आफ्नो बच्चालाई स्वस्थ खाना खाने शिक्षा दिनुस् ः नीतू पञ्जावी परिवारबाट छिन् र पञ्जाबीहरुलाई खाने धेरै नै शौक हुन्छ । मेरो आमा मलाई सँधै स्वस्थ खाना खाने शिक्षा दिन सकिनन् । किनकी स्वस्थ खाना सम्बन्धमा उनलाई धेरै थाहा थिएन । तर म आफ्नो सन्तानहरुलाई स्वस्थकर खाना खाने सल्लाह दिन्छु र उनीहरु आज एकदम फिट छन् ।

६. गुलियो कम खाने ः  नीतू भन्छिन् म बेलुका डार्क चकलेटको दुई टुक्रा खान्छु । गुलियो कम खानुपर्छ तर खान भने छोड्नु हुन्न ।

७. प्रत्येक दुई घण्टामा खानुस् ।

८. खानामा तेल कम प्रयोग गर्ने ः नीतूको खाना मात्र तीन सानो चम्मच तेलमा बन्छ ।

९. खुसी रहनुस् ः खुसी रहनाले कपाल र छाला राम्रो हुन्छ ।

अब हेरौँ नीतूको खाना खाने रुटीन ः 

विहान १० बजे ः एक प्लेट पपीता, टोस्टमा अन्डाको सेतो भाग र बिना चिनीको चिया ।

मध्यान्ह १२ बजे ः एक गिलास महि र तरभुज ।

दिउँसो २ बजे ः एउटा रोटी, दाल या चिकन या माछा, बिना मसालाको  सूख्खा तरकारी ।

दिउँसो ४ बजे ः ५ वटा बादाम र २ वटा ओखर ।

साँझ ६ बजे ः दुई वटा क्रीम क्र्याकर ।

साँझ ७ बजे ः भेजिटेबल जूस र एउटा कुनै फल ।

बेलुका ८ बजे ः एउटा रोटी, दाल या अन्डा ।


(एजेन्सीको सहयोगमा)

Last modified on 2017-07-03 13:52:35

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts