सलमान खानको फिट्नेस राज



Download our app to get more features

अब्दुल राशिद सलीम सलमान खानको पुरा नाम हो । जुन सायद उनका फ्यानहरुलाई थाहा होला । सलमान खानको फ्यानहरु उनलाई हेर्न उनको एक झलक पाउन मात्रै घण्टौँ उनको घर बाहिर बसिरहन्छन् । ५१ वर्षका सलमान अहिले पनि यति फिट छन् कि उनका फ्यानले उनको फिट्नेसालाई लिएर बढी नै लोभ गर्ने गर्छन् । सलमान पचास वर्ष उमेर कटेरपनि आफ्नो फिल्मका बाहेक आफ्नो व्यक्तिगत जीवनमा पनि फिटनेसलाई लिएर निकै नै प्रसिद्ध छन् । सलमान खानका फ्यानहरुका लागि सलमान खानको फिट्नेसको बारेमा केहि जानकारी ।

आखिर सलमानको यस फिटनेसको राज के होला ? 

सलमानको डाइट प्लान 

सलामानलाई मसालेदार भारतीय खाना र इटालियन फूड धेरै नै मन पर्छ । विशेषगरी पाव भाजी, आईसक्रीम र पिज्जा उनलाई मन पर्ने खाना हो । तर, सलमानका ट्रेनरले उनको  डाइट प्लानबाट यि सबै परिकारलाई हटाइ दिए र एक नयाँ डाइट चार्ट बनाए । 

हेरौँ सलमानको नयाँ डाइट चार्टमा के के छ....

ब्रेकफास्ट ः कम फ्याट भएको दूधको साथै ४ वटा अन्डाको सेतो भाग ।

वर्कआउटभन्दा पहिले ः २ वटा अन्डाको सेतो भाग, एमिनो एसिड ट्याबलेट र प्रोटीन शेक ।

वर्कआउट पश्चात ः बादाम, ओट्स, तीन वटा अन्डाको सेतो भाग,प्रोटीन बार ।

दिउँसोको खाना ः सलादका साथै तरकारी र ५ वटा रोटी ।

साँझको खाजा ः प्रोटीन बार, बादाम र ड्राइफ्रुट्स ।

रातिको खाना ः भान्टाको सूप, माछा वा चिकन, दुई वटा अन्डाको सेतो भाग ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-06-29 13:28:14

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts