चर्चित बलिउड स्टार विनोद खन्नालाई क्यान्सरको आशंका, अस्पतालको तस्वीर भयो 'भाइरल'



Download our app to get more features

एजेन्सी । बलिउड चलचित्र हेर्नहरु अधिकांशलाई विनोद खन्ना याद होला । अझ कतिपयलाई त उनका डाइलग पनि याद होलान् । करोडौं शुभचिन्तकका ढुकढुकी खन्नाको व्यक्तिगत जीवन भने पीडादायी अवस्थाबाट गुज्रिरहेको छ । सन् १९७० को दशकमा चर्चाको शिखरमा पुगेका नायक खन्ना अहिले अस्पतालको शैयामा छन् । उनको स्वास्थ्यमा खराबी आएपछि अस्पताल भर्ना गरिएको हो ।

शरीरमा पानीको मात्रा कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । उनी अस्पतालमा दुईजनाको सहारा लिएर उभिन खोजिरहेको तस्वीर यतिबेला भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको स्वास्थ्य अवस्थालाई लिएर धेरैले चासो व्यक्त गरेका छन् । 

खन्नालाई ब्लड क्यान्सर भएको भनेर पनि कतिपय सञ्चारमाध्यमले अपुष्ट खबर प्रकाशित गरेका छन् । उनको प्रारम्भीक रिपोर्टहरुले क्यान्सरको सम्भावनालाई उजागर गरेको सञ्चारमाध्यमहरुले दावी गरेका छन् । यद्यपी उनका छोरा राहुल गान्धीले विनोदलाई सामान्य डिहाड्रेसन भएको र दुईतीन दिनमै अस्पतालबाट डिस्चार्ज गरिने भारतीय समाचार संस्था पिटीआइलाई बताएका छन् ।

 तर, भाइरल भएको विनोदको फोटोमा उनी साह्रै गलेको र कमजोर भएको देखिएको छ । उनको परिवार र चिकित्सकले वास्तविकता बाहिर नल्याएपनि उनी अत्यन्तै नाजुक स्वास्थ्य अवस्थाबाट गुज्रिरहेको देखिएको छ  ।

Last modified on 2017-06-18 16:18:05

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts