छातीमा चिसो पट्टी, रक्तसञ्चार प्रभावकारी बनाउन



Download our app to get more features

प्राकृतिक चिकित्सामा जल चिकित्साअन्र्तगत पर्ने एक महत्वपूर्ण उपचार हो, छातीमा चिसो पट्टी । यसका लागि १० इन्च चौडाई र तीन मिटर लम्बाइ भएको सेतो बाक्लो सुती कपडा लिने । त्यस्तै, १२ इन्च चौडाई र तीन मिटर नै लम्बाइ भएको उलन कपडा पनि लिने । पहिले सेतो सती कपडालाई सात डिग्री सेन्टिग्रेटदेखि १९ डिग्री चिसो पानीमा भिजाएर राम्रोसँग निचोर्ने । त्यसपछि सो कपडालाई काखीभन्दा तल पारेर छाती बीचमा पर्ने गरी पूरा बेर्ने । यसपछि बाहिरबाट उलन कपडाले पूरा ढाकेर गरिने उपचार विधिलाई छातीको चिसो पट्टी भनिन्छ । यो घरैमा गर्न सकिने एकदमै सरल र प्रभावकारी उपचार विधि हो । यो उपचार बिरामीको  अवस्थाअनुसार ४५ देखि ६० मिनेटसम्म गर्न सकिन्छ ।

फाइदा

♦ छाती पोल्ने तथा कफ आइरहने समस्यामा छातीको चिसो पट्टी अत्यन्त फाइदाजनक छ ।

♦ दम तथा श्वासप्रश्वास सम्बन्धी रोगमा पनि फाइदाजनक छ ।

♦ महिलाको स्तनसम्बन्धी समस्यालाई पनि फाइदा पुर्याउँछ ।

♦ मुटुको कार्य क्षमतामा वृद्धि गराउँछ ।

♦ ग्यास्ट्रिसका कारण छाती दुख्ने, पोल्ने  समस्यालाई निको पार्छ ।

♦ रक्तसञ्चार क्रियालाई नियमित र प्रभावकारी बनाउन मद्दत गर्छ ।

अपनाउनुपर्ने सावधानी

♦ यो उपचारका लागि खाली पेट वा खाना खाएको चार घन्टा पुगेको हुनुपर्छ ।

♦ यो उपचारमा प्रयोग हुने पट्टी सफासँग धोएको हुनुपर्छ । एकजनालाई प्रयोग गरेपछि सफासँग धोएर मात्र अर्कोलाई प्रयोग गर्नुपर्छ ।

♦ बिरामी जाडोले काम्न थाल्यो भने मनतातो पानी पिउन दिने ।

♦ उपचारको समय कुनै पनि खानेकुरा खानु हुँदैन ।

छातीको चिसो पट्टी गर्ने विधि

♦ छातीको चिसो पट्टी गर्ने साइजअनुसार एक सेट पट्टी लिने । पहिले सेतो सुतीको कपडा चिसो पानीमा भिजाउने । त्यसलाई राम्रोसँग निचोरेर छातीमा फनफनी बेर्ने अनि बाहिर उलन कपडाले बेर्ने ।

♦ त्यसपछि बिरामीलाई आनन्दपूर्वक बस्न वा सुत्न दिने ।

♦ चिसो पट्टीलाई सामान्यतया ४५ मिनेटसम्म राख्ने ।

♦ चिसो पट्टी लिनुअघि मनतातो आधा गिलास पानी पिउन दिने ।

♦ छातीको चिसो पट्टी लिनका लागि सामान्यतया खाली पेट उत्तम मानिन्छ । यदि खाना खाइसकेको छ भने चार घन्टापछि मात्र दिने ।

♦ तोकिएको समय पूरा भएपछि पट्टी बिस्तारै खोलिदिने । त्यसपछि बिरामीलाई हिँडडुल गर्न वा योगासन तथा प्राणायाम गर्न लगाउने ।
 

Last modified on 2018-11-30 12:09:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts