क्यान्सरदेखि मोतियाबिन्दुसम्मको औषधि बन्दागोभी



Download our app to get more features

भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् । यो सस्तो तरकारी गरीबले खाने तरकारी हो भन्ने भान पनि उनीहरुलाई पर्न सक्छ । 

तर बन्दागोभी धन नहुनेले मात्र खाने तरकारी होइन । यो त तन स्वस्थ राख्न चाहने जो कोहीले खानैपर्ने तरकारी हो । 

बन्दागोभीमा यस्तो तत्व हुन्छ जसले क्यान्सरको रोकथाममा सहयोग गर्छ । बन्दामा डिनडली मिथेन, सिनिग्रिन, ल्युपेल, सल्फोरेन, इन्डोल थ्री कार्बिनल जस्ता तत्व हुन्छन् । यिनीहरुले क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छन् । बन्दागोभीको नियमित सेवनले खासगरी पेटको अल्सर तथा क्यान्सरको जोखिम कम गर्छ ।

बन्दाको नियमित सेवनले शरीरमा रोग प्रतिरोधी क्षमताको विकास गर्छ । बन्दामा भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ । जिउमा गाँठागुठी देखिने, जोर्नी तथा अन्य भाग दुख्ने र सुन्निने जस्ता समस्याबाट पीडित हुनुहुन्छ भने बन्दागोभी नियमित खाने गर्नुस् ।

विज्ञहरुका अनुसार बन्दाको नियमित भोजनले आँखाका विभिन्न खाले समस्याका साथै मोतियाविन्दु तथा रतन्धोको जोखिम पनि कम हुन्छ । बन्दाको नियमित सेवनले अल्जाइमरको जोखिम पनि कम हुन्छ । बन्दामा पाइने भिटामिन के का कारण अल्जाइमरको जोखिम कम हुने विज्ञहरु बताउँछन् ।

तौल घटाउन वा नियन्त्रण गर्न चाहनेहरुका लागि पनि बन्दा लाभदायी हुन्छ । बन्दाको सलाद, अचार वा तरकारी नियमित खानाले अनुहारको छाला चम्किलो बन्दछ ।

बन्दागोभीमा ल्याक्टिक एसिड पर्याप्त मात्रामा पाइन्छ । यसका कारण मांशपेशीको दुखाइ कम गर्नुका साथै विभिन्न खाले चोट छिटो निको हुनका लागि सहयोग गर्छ ।
कब्जियतको समस्या छ ? त्यसो भए नियमित रुपमा बन्दागोभी खानुस् ।

एजेन्सीको सहयोगमा 

Last modified on 2019-01-02 14:23:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts