यदि बालबालिका स्मार्टफोन र ट्यावमा व्यस्त रहन्छन् भने सावधान !

What's This?


Download our app to get more features

यदि तपाईँको छोराछोरी सानो उमेरमा नै स्मार्टफोन र ट्यावमा व्यस्त रहन्छन् भने तपाईँ सजग हुनु जरुरी छ । किनभने भर्खरै गरिएको एक अध्ययनबाट पत्ता लगाइएको छ कि स्मार्टफोन, ट्याव वा अन्य उपकरणमा व्यस्त रहने बालबालिकाको बोल्न सक्ने क्षमता बिकास हुन लामो समय लाग्नेछ । 

सन् २०११ देखि २०१५ सम्म ५ महिना देखि २ बर्षसम्मका बालबालिकामा यो अध्ययन गरिएको थियो । १८ महिना २० प्रतिशत बालबालिकाले प्रतिदिन औसत २८ मिनेट स्मार्टफोन, ट्याव वा अन्य उपकरण चलाएका थिए । 

टेलिभिजन हेर्दा पनि समस्या

बालबालिकाले भाषा सिक्न लाग्ने समयको अध्ययनका क्रममा यो पनि पत्ता लागेको छ कि टेलिभिजनले पनि बालबालिकाको सिकाईमा समस्या आउँछ । त्यति मात्र हैन नियमित टेलिभिजन हेर्ने बालबालिकामा मधुमेहको संभावना पनि धेरै हुन्छ । प्रतिदिन ३० मिनेट टेलिभिजन हेर्नाले भाषाको सिकाईमा ४९ प्रतिशत ढिलो हुने अध्ययनको निष्कर्ष छ ।  
 

Last modified on 2018-12-13 15:23:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts