मोटोपन घटाउन चाहनुहुन्छ ? नियमित अँगुर खाने गर्नुस्...



Download our app to get more features

मोटोपन अहिलेको जल्दोबल्दो समस्या हो । दिनानुदिन मोटोपनबाट धेरै मानिसहरु पीडित बनिरहेका छन् । 

मानिसहरु यी समस्याबाट बच्न विभिन्न प्रकारका खानालाई बार्ने पनि गर्छन । तर असफल सावित हुन्छ । तर मोटोपन घटाउन सबैभन्दा सजिलो उपाय अँगुरको नियमित सेवन हो । 

अँगुरको सेवनले पेटमा रहेको जिवाणुहरुलाई नष्ट गर्छ भने हाम्रो शरीरमा निम्तिने रोगहरुलाई पनि नियन्त्रण गर्ने काम गर्छ । अनुसन्धानकर्ताहरुका अनुसार अँगुरको नियमित सेवनले हृदय रोग, उच्च रक्तचाप र मधुमेहको जोखिम पनि निकै कम हुन्छ । 

अमेरिकाको एउटा युनिवर्सिटी अफ नर्थ कैरोलीनाले गरेको अनुसन्धानमा अँगुरमा पाइने पोलिफिनाल्सले मोटोपन घटाउँनुका साथै समग्र स्वास्थ्यमा सुधार गर्छ ।  

विभिन्न रोगहरुसँग लड्नुका साथै मोटोपन घटाउने तत्वहरु अँगुरमा प्रशस्त मात्रामा पाइन्छ । शरीरमा दुख्ने, आन्द्राको समस्या र छाला भित्र रहेको मोटाउने तत्वलाई समेत नियन्त्रण गर्ने काम गर्छ । उक्त अनुसन्धानको प्रतिवेदनमा उल्लेख छ । 

Last modified on 2019-01-01 07:41:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts