बाहिरका खानालाई ‘नो’ भन्नुहोसः सीमा केसी



Download our app to get more features

काठमाडौ । सीमा केसी पछिल्लो समय नयाँ पुस्ताको रोजाइमा पर्न सफल नायिकाको रुपमा चिनिन्छिन् । तर उनको परिचय त्यतिमै सीमित छैन । उनी तेक्वान्दो खेलाडी पनि हुन् । उनले १२ वर्षको उमेरदेखि तेक्वान्दो प्रशिक्षण लिएर प्रवेश गरेकी थिइन् । तेक्वान्दो खेल्ने क्रममा उनले विभिन्न अवार्ड समेत पाएकी छिन् । तर अभिनयमा करिअर अगाडी लैजाने क्रममा तेक्वान्दोलाई निरन्तर अगाडि लैजान भने सकिनन् ।

“मैले चाहेर पनि यसलाई प्रशस्त समय दिन सकिरहेकी थिइन”, सीमाले भनिन “तर फिल्म इन्डस्ट्रीको करियरलाई पनि स्पोर्ट्सले सहयोग गर्ने रहेछ भन्ने बुझेर पुनः निरन्तरता दिन थालेकी छु स्पोर्ट्सले मलाई फीट रहन निकै मद्दत पुर्याएको छ ।”

आफुलाई फिट राख्न सीमा बिहान बेलुका नियमित शारीरिक व्यायाम गर्ने गरेको बताउँछिन् । प्राय डान्स क्लासहरु लिन्छु । दैनिक ३/४ लिटर पानी पिउँछु । फ्रुट र ग्रिन भेजिटेवल्समा जोड दिन्छु । त्यसबाहेक बाहिरका खानेकुरालाई नो भन्ने बानी नै मेरो फिटनेशको अर्को राज हो– उनले हाम्रो डाक्टरसँग आफ्नो फिटनेशको राज यसरी खोलिन् । 

स्वास्थ्यका लागि फीटनेश जस्तै सुन्दरताको लागि म धेरै कस्मेटिक्स प्रडक्ट आफ्नो छालामा प्रयोग गर्दिन जति गर्छु, ब्राण्डेड सामान प्रयोग गर्छु जसले छालालाई बिग्रन दिँदैन ।”

दैनिक एक्सरसाइज गर्छु । बिहान नियमित जगिङ्ग पनि गर्ने गर्दछु । शरीरलाई स्वस्थ राख्न दिनको ३.४ लिटर पानीपिउँछु । माछामासु भन्दा साग सब्जीलाई प्राथमिकताका साथ सेवन गर्छु । सकेसम्म बाहिरका फास्टफूडबाट टाढै रहन्छु । 

हेल्दी रहन सीमाका ७ टिप्स

  • सन्तुलित भोजन गर्ने । दैनिक खानामा हरिया सागपात र गेडागुडीलाई प्राथामिकता दिने ।
  • बहिरका बढि चिल्लो र मसलादार खानेकुरालाई नो भन्ने बानी बसाल्ने ।
  • पानी प्रशस्त पिउने ।
  • बिहानको स्वच्छ वातावरणमा कम्तीमा सय पाइला हिँडडुल गर्ने बानी बसाल्ने ।
  • दिनचर्या व्यवस्थित बनाउने, अनावश्यक तनाब र चिन्ता नलिने ।
  • सकरात्मक सोच राख्ने 
  • आफुलाई ब्यस्त राख्ने, दिनचर्या व्यवस्थित बनाउने ।
Last modified on 2017-06-14 13:57:39

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts