झाडापखालाको समस्या देखियो ? यसो गर्नुहोस्...



Download our app to get more features

झाडापखाला रोगको प्रकोप गर्मी तथा वर्षायाममा बढि नै देखिने गर्छ । यो रोग सरुवा रोग भएकाले छिटै अन्य मानिसमा पनि पैmलनसक्छ । त्यसैले झाडापखालाबाट कसरी बच्न सकिन्छ भनेर त्यसतर्पm ध्यानदिनु अत्यन्तै जरुरी छ । त्यसैले झाडापखाला लाग्नबाट बच्न र बचाउन निम्न उपायहरू अपनाउन जरुरी छ ।

  •    खानेपानी राम्ररी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने ।
  •    खानेपानीको मुहान सफा राख्ने ।
  •    मूहानमा पोहोर पानी र वस्तु मिसिन नदिने ।
  •    खानेपानी शुद्धिकरण गर्न आवश्यक मात्रामा क्लोरीन, ब्लिचिङ पाउडर वा निर्मल चक्की वा वाटर गार्डको प्रयोग गर्ने ।
  •    खाना खानुअघि, दिसा गरिसकेपछि, फोहोरमैला छोएपछि बच्चाको दिसापिसाब धोएपछि साबुनपानीले ३ मिनेटसम्म मिचिमिचि हात धुने ।
  •    बासी सडेगलेको, झिंगा बसेको र खुल्ला रूपमा राखिएका खानेकुरा नखाने ।
  •    घरआँगन, चोक, गल्लि सफा राख्ने ।
  •    सफा र ताजा खानेकुरा पर्याप्त मात्रामा खाने ।
  •    खानेकुरा राम्ररी पकाएर मात्र खाने । का“चै खाइने खानेकुरालाइृ राम्रोस“ग सफा पानीले धोएर मात्र खाने ।
  •    मरेका पशु, पक्षी, माछा नखाने ।
  •    घरमा पानी राख्ने भाँडा सफा राख्ने, पिउने पानीलाई सधैं छोपेर राख्ने ।
  •    बच्चा जन्मेको १ महिना देखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउने ।
  •    बच्चा जन्मेको ६ महिना पुगेपछि थप पोषिलो ताजा खानेकुराहरू खुवाउने ।

झाडापखाला लागिहालेमा के गर्ने ?

  •    झाडापखाला लागेपछि शरीरमा पानीको मात्रा कम हुनेभएकाले त्यतिकै अनुपातमा पुनर्जलीय झोल बनाएर रोगीलाई  खुवाइरहनु पर्छ ।
  •    झाडापखालाले समयमै ठीक नभएमा महामारीकै रूपलिन सक्ने भएकाले लाग्ने बित्तिकै तुरुन्त स्वास्थ्य संस्थाका लागि स्वास्थ्यकर्मीसँग  परामर्श लिई उपचार गर्ने ।
  •    घरमै उपलब्ध हुनसक्ने खानेकुराहरू जस्तै भातको मात्र झोलपदार्थ, दाल गेडागुडी साथै तरकार तथा फलपूmलको रस प्रशस्त मात्रामा खाने–खुवाउने ।
  •    स्तनपान गरी रहेका बच्चालाई झाडापखाला लागेमा पटक–पटक (साविकभन्दा बढि) स्तनपान गराउने ।

 

Last modified on 2018-09-16 12:52:40

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts