अत्यधिक चिसो पानी पिउँदा निम्त्याउँछ यस्ता समस्या !

What's This?


Download our app to get more features

अहिले गर्मी मौसम चलिरहेको छ । गर्मी मौसममा हामीले आफूलाई शितल राख्नका लागि विभिन्न उपायहरु अपनाउने गर्छौ । चिसो खानेकुरा खाएर वा चिसो पेय पदार्थ पिएर । गर्मी हामी बाहिरबाट घर आउनासाथ गमीबाट जोगिन र आफूलाई शितल राख्न सबैभन्दा पहिले फ्रिजको चिसो पानी पिउने गर्छौं । जसले तपाईँलाई केही समयको लागि राहत दिन्छ र नियमित रुपमा अत्याधिक चिसो पानी पिउँदा स्वास्थ्यको लागि भने हानीकारक हुन सक्छ ।

गर्मीमा फ्रिजको चिसो पानी पिउँदा के हुन्छ ?

पाचन प्रक्रियामा समस्या

चिसो पानीले खानाको पाचन प्रक्रियामा बाधा उत्पन्न गराउँछ । अत्याधिक चिसो पानी पिउँदा रक्त सञ्चारमा अवरोध हुने भएकाले पाचन प्रक्रियामा पनि समस्या उत्पन्न हुने चिकित्सकहरु बताउँछन् । लामो समयसम्म खाना नपचेमा खानाको पोषण तत्व नष्ट भएर शरीरलाई हानी गर्छ ।  

पोषण तत्व नष्ट गर्छ

सामान्यतया स्वस्थ मानिसको शरीरको तापक्रम ३७ डिग्री हुन्छ । गर्मी महसुस गरेर कसैले फ्रिजमा राखिएको पानी पिउँछ भने उसको तापक्रम नियमित गर्न शरीरको केही उर्जा खर्च हुन जान्छ । अन्यथा उर्जाको उपयोग पाचन तथा पोषण तत्वको शोषणका लागि हुन्छ । जसका कारण चिसो पानी पिउनाले शरीरको पोषण तत्व कम हुन्छ । 

घाँटीमा समस्या उत्पन्न हुनु 

नियमित रुपमा चिसो पानी पिउँदा श्वरतन्त्रमा आउँछ । जसले श्वरतन्त्रमा सन्तुलन बिग्रिएर विभिन्न ब्याक्टेरियाको संक्रमण पनि हुन सक्छ । 

हृदयको गति कम हुनु 

चिसो पानी पिउँदा हृदयको गति कम हुन जान्छ । एक अध्ययनका अनुसार चिसो पानी पिउँदा मुटुका धमनीहरु अनावश्यक रुपमा उत्तेजित हुन्छन् । जसले शरीरको अनैच्छिक कार्यको नियन्त्रण गर्छ । यसले हृदयको गति कम हुन जान्छ । 

पानी मात्र होइन कुनैपनि पेय पदार्थ अत्यधिक चिसो कहिल्यै पिउनु हुन्न । 

 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2018-08-28 13:00:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts