बच्चाको आँखामा किन हुन्छ एलर्जी ? यस्ता छन् कारणहरु :



Download our app to get more features

काठमाडौं, २७ जेठ । पाँच वर्ष उमेर समूहका बालबालिकाका  आँखामा  एलर्जी हुन्छ ।

बच्चाहरुमा एलर्जीका कोषिकाहरु धेरै हुने भएकाले यो उमेर समूहका बालबालिकामा एलर्जी देखिने गरेको छ ।सबैभन्दा बढी गर्मी महिनामा बालबालिकाका आँखामा एलर्जी देखिन्छ यो उमेर समूहका बालबालिकामा हरेक वर्ष आँखामा एलर्जी देखिन सक्छ । बच्चाहरुमा एलर्जीका कोषिकाहरु धेरै हुन्छन्, त्यसैले खासै आत्तिनु पर्दैन । आँखामा एलर्जी भएपछि संयम भने अपनाउनुपर्छ । बालबालिकामा एलर्जी भए के ग र्ने त ?

आँखारोग विशेषज्ञ डाक्टर वेन लिम्बू यसो भन्छन् :
 

  • यो उमेर समूहका बालबालिकामा एलर्जीका कोषिकाहरु धेरै हुने भएकाले एलर्जीले सताइरहन्छ ।
  • आँखामा एलर्जी हुँदा आँखा रातो हुने, आँखा धमिलो हुने, आँखाको डिल सुनिने, आँखाबाट सेतो पदार्थ निस्कने जस्ता समस्या देखिए चिकित्सककहाँ जानुपर्छ  ।
  • यस्तो बेला घाम र धूलोमा हिंड्नुहुँदैन् । घाम र धूलोमा केमिकल बढी हुने भएकाले आँखाको संक्रमण बढ्ने खतरा बढी हुन्छ । धूलो र घामले एलर्जी बढाउँछ । 
  • एलर्जी कम गर्ने औषधीको प्रयोग गर्नुपर्छ ।
  • चिकित्सकको सल्लाहअनुसार औषधी लगाएपछि एलर्जी चाँडै सञ्चो  हुन्छ ।
  • बाहिर हिड्दा आँखाको सुरक्षाका लागि चस्माको प्रयोग गर्न सकिन्छ । जसले गर्दा कीटाणु सीधै आँखामा छिर्न पाउँदैनन् । 
  • बाहिर गएर आएपछि साबुन पानीले हात राम्रोसँग धुनुपर्छ । दिनको तीनपटक आँखा सफा पानीले बिस्तारै धुनुपर्छ
Last modified on 2018-08-08 07:20:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts