वैकल्पिक पद्धतिमा सीमित गर्दा आर्युवेद क्षेत्र ओझेलमा !



Download our app to get more features

काठमाडौ । २८ जेठ । नेपालमा आयुर्वेद पद्धतिको बारेमा धेरै कुरा गरिने भएपनि यो पद्धतिलाई वैकल्पिक पद्धतिमा मात्र राख्नाले अझै ओझेलमा परेको भन्दै बिज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । 

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले आयोजना गरेको आयुर्वेद, परम्परागत चिकित्सा, औषधिमा प्रयोग हुने जडिबुटी तथा अन्य स्रोतहरुको बारेमा नेटवर्किङ्घ तथा सहकार्र्य’ सम्बन्धि एकदिने राष्ट्रिय छलफल गोष्ठीमा सहभागी बिज्ञहरुले यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिएका हुन् । 

छलफल गोष्ठीमा बोल्दै स्वास्थ्य मन्त्रालयकी बिशेषज्ञ चिकित्सक डा. किरण रेग्मीले आयुर्वेद पद्धतिलाई सरकारले बैकल्पिक पद्धतिको रुपमा राख्नाले पनि यसको बिकास सोचेजस्तो नभएकोे बताइन । आफुले ३० बर्ष आधुनिक पद्धतिमा काम गरेपनि कुनै पनि क्रोनिक तथा दिर्घरोगलाई जरैवाट निकाल्न आयुर्वेदिक औषधिको नै आवश्यकता पर्ने बताइन् । डा. रेग्मीले मन्त्रालयले आयुर्वेदको क्षेत्रलाई बिस्तार गर्नका लागि आयुर्वेदको छुट्टै तालिम केन्द खोल्ने तयारी गरिरहेको बताइन् । उक्त केन्द्रले आयुर्वेद पद्धतिको बिकास मात्र नभएर मेडिकल टुरिजममा समेत सहयोग पुग्ने उनको दावी छ ।  

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. अन्जनिकुमार झाले अनुसन्धान भन्ने बित्तिकै  निकै ठुलो काम हो भन्ने सोचले जरा गाडेको हुनाले नेपाल अनुसन्धानको क्षेत्रमा सोचेजस्तो काम हुन नसकेको औंल्याए । अध्यक्ष डा. झाले छलफलमा अनुसन्धान गर्ने संस्कारको बिकास कसरी गर्ने भन्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताए । औषधि ब्यवस्था विभागका निर्देशक नारायण ढकालले नेपालमा मात्र नभएर दक्षिण एसियाले नै आयुर्वेदलाई महत्व दिँदै आएको बताए । उनले जडिबुटी तथा बनस्पतिको प्रयोग मात्र नभएर यसको उत्पादन भण्डारणको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताए ।  

राष्टिय आयुर्वेद अनुशन्धान तथा तालिम केन्द्रका अध्यक्ष डा. ऋषिराम कोइरालाले ४० बर्षदेखि एउटै क्षेत्रमा धेरैजनाले टुक्रा टुक्रा रुपमा अनुसन्धान गरेपनि एकै ठाउमा अभिलेख नभएकाले सम्पदाको जैविक चोरी हुन थालेको तर्फ सजग गराए । यसलाई रोक्न बिभिन्न क्षेत्रका लिखीत ग्रन्थ, प्रविधि, जडिबुटीहरुको एकै ठाउमा अभिलेखीकरण गर्नु आवश्यक भएको उनको भनाइ छ । 

गोष्ठीमा अनुसन्धानको क्षेत्रमा काम गर्र्ने बिभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुन्धाता र सरकारी निकायका ४० जना बैज्ञानिक तथा अनुसन्धानकर्ता सहभागी छन् । 
 

Last modified on 2017-06-12 13:57:56

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts