तातो दूधमा मह मिसाएर पिउनुस्, हुन्छ यस्ता फाइदा...

What's This?


Download our app to get more features

हामी स्वस्थ रहन विभिन्न उपायहरु अपनाउने गर्छौ । विशेषगरी हामीले आफ्नो भान्छामा भएका सामानहरुकै प्रयोगलाई प्रागमिकता दिने गर्छौ र दिनु पनि पर्छ । किनकी हाम्रो भान्छा मै यस्ता सामानहरु हुन्छन् जसको प्रयोगले हामी स्वस्थ रहन सक्छौँ । 

हाम्रो घरमा प्रयोग हुने सबैभन्दा सामान्य हो दूध । दूध एक यस्तो पदार्थ हो जुन प्रायः जसो सबैको भान्छामा हुन्छ नै । तातो दूध र मह मिसाएर पिउनु पनि हाम्रो स्वास्थ्यको लागि धेरै नै फाइदाजनक हुन्छ । उसो त हामी दूध यत्तिकै पनि पिउने गर्छौ । तर, तातो दूधमा मह मिसाएर पिउनुको फाइदाले तपाईँ आश्चर्यमा पर्न सक्नु हुन्छ । किनकी हामी सबैलाई थाहा भएको कुरा हो, दूध र मह दुबै हाम्रो लागि वरदान नै हो । 

मह जसमा एन्टी–अक्सीडेन्ट, एन्टी–व्याक्टेरियल र एन्टी–फंगल गुण पाइन्छ भने दूध एक सम्पूर्ण आहार हो । जसमा भिटामिन ए, भिटामिन बी र डी पर्याप्त मात्रामा हुन्छ । त्यसबाहेक दूधमा क्याल्शियम, प्रोटीन र ल्याक्टकि एसिडपनि पर्याप्त मात्रामा पाइन्छ ।

जानौँ तातो दूधमा मह मिसाएर पिउनुको फाइदाबारे :

१. तातो दूधमा मह मिसाएर पिउनाले तनाव कम हुन्छ । यसले तन्त्रिका कोषहरु र तंन्त्रीका तन्त्रलाई पनि आराम दिने काम गर्छ ।

२. राम्रो निद्राको लागि पनि तातो दूधमा मह मिसाएर पिउनु फाइदाजनक हुन्छ । सुत्नु भन्दा एक घण्टा पहिले तातो दूधमा मह मिसाएर पिउनु फाइदाजनक हुन्छ ।

३. पाचन क्रियालाई राम्रो बनाइ राख्न पनि तातो दूधमा मह मिसाएर पिउनु राम्रो हुन्छ । यसले कब्जीयतको समस्यामा राहत दिलाउँछ ।

४. हड्डीलाई बलियो बनाई राख्न पनि तातो दूधमा मह मिसाएर पिउनु लाभदायक हुन्छ । यसको सेवन गर्नाले हड्डिमा यदि कुनै नोक्सान भएको छ भने त्यो पनि निको हुन्छ ।

५. दूध र महको नियमित सेवनले शारीरिक र मानसिक क्षमतामा पनि बृद्धि हुन्छ । क्षमता बढेको सिधा असर हाम्रो काममा देखिन्छ ,जुन सकरात्मक हुन्छ । 


(एजेन्सीको सहयोगमा)

Last modified on 2018-09-23 09:26:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts