बजारको भन्दा घरमा बनाएर सुप पिउनाले हुन्छ यस्ता फाइदा.....



Download our app to get more features

सुप कतिको पिउन मन पराउनु हुन्छ ? सुप पनि धेरै प्रकारका हुन्छन् । बजारमा पाईने तयारी सुप प्रायः जसो सबैलाई नै मन पर्छ । तर, घरमै बनाइएको सुपको कुरै छुट्टै हुन्छ । बजारमा पाइने सुप भन्दा घरमा बनाइएको सुप निकै नै स्वस्थ र स्वादीलो हुन्छ ।

जानौँ केही यस्ता सुपका बारेमा जसले तपाईँलाई खतरनाक रोगबाट जोगाउँछ :

मिक्स भेजिटेवल सुप : पालग साग, पुदिना, चुकन्दर, लौका, गोलभेँडा, अमला र अदुवा राखेर बनाइएको मिक्स भेजिटेबल सुपमा आइरन र फस्फोरस बाहेक भिटामिक बी, सी र डी पर्याप्त मात्रामा पाइन्छ । यसले लिभर, कब्जीयत, भोक बढाउने र आँखाको लागि निकै नै फाइदाजनक हुन्छ । साथै छाला रोग र शरीर सुन्निने समस्यामा पनि मिक्स भेजिटेबल सुप पिउनु फाइदा जनक हुन्छ । यदि उच्च रक्तचाप छ भने नुन प्रयोग नगरीकन सुप पिउनु पर्छ ।

लौका : लौकामा कार्बोहाइड्रेट, भिटामिन बी, आइरन र मिनरल्स पर्याप्त मात्रामा पाइन्छ । लौका खानमा स्वादिलोे हुनुका साथै सामान्य पनि हुन्छ । जसले गर्दा भोक लाग्दैन र आन्द्रा सम्बन्धी समस्यामा राहत दिलाउँछ । त्यस बाहेक यसले पित्तनाशक र रगत बढाउने पनि काम गर्छ । 

खजुर-आमला : खजुर वा आमलाले बनेको सुपमा प्रचुर मात्रामा आइरन, मिनरल्स र भिटामिन सी र डी पाइन्छ । यसले शारीरिक कमजोरी, मुटु सम्बन्धी रोग र आँखाको कमजोरीमा फाइदा पुर्याउँछ ।

सुप पिउने सहि समय : सुप पिउने पनि सहित समय र तरिका हुन्छ । सुप सँधै खाना खानु भन्दा पहिले पिउनु पर्छ । तर, यदि विहानको समय सुप पिउने सोच्दै हुनुहुन्छ भने खाजा खाइसकेपछि पिउनु पर्छ । किन की खाली पेट सुप पिउनु भने स्वास्थ्यको लागि नोक्सानदेह हुन सक्छ । सुप पिइ सकेपछि आधा घन्टापति सम्म दूध वा चिया पिउनु हुँदैन । किनभने यसले इसिडिटी वा अन्य कुनै पनि किसिमको समस्या हुन सक्ने आशंका हुन सक्छ ।

सुप पिउँदा ध्यान दिने : सुप पिउँदा सकेसम्म ताजा नै बनाएर पिउनु पर्छ । एक दिन भन्दा धेरै दिन भइसकेको छ भने त्यस्तो सुप पिउनु हुँदैन । किनकी त्यस्ता सुपमा किटाणुहरु हुन सक्छ । सुप सँधै तातो पिउने गर्नु पर्छ । साथै सुप बनाउँदा मक्खन, तेल वा घ्यू अथवा चिल्लो पदार्थको प्रयोग गर्नु हुँदैन । किन की यसले तपाईँको मोटोपन बढ्ने सम्भावना हुन्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-08-01 17:04:25

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts