‘डार्क चकलेट’ खानुुस्, रोगलाई टाढा राख्नुस् !

What's This?


Download our app to get more features

चकलेट भन्ने वितिकै तपाईँको मुखमा पानी आयोे होला । सामान्यतया चकलेट खानाले दाँतको लागि राम्रो मानिदैन । तर, यो पूर्ण सत्य होईन । किनकी चकलेट खानाले दाँतको खतरना हुँदैन । यसले तपाईँलाई विभिन्न फाइदा पुर्याउँछ, जसको बारेमा तपाईँलाई सायदै थाहा होला । 

चकलेट भन्ने वितिकै तपाईँको मनमा विभिन्न ब्राण्ड र स्वादहरु आउन थाल्छ । विभिन्न प्रकारका चकलेटहरु मध्ये स्वास्थ्यको लागि भने डार्क चकलेट सबैभन्दा उत्तम हुन्छ । डार्क चकलेटमा विभिन्न प्रकारका पोषक तत्वहरु पाइन्छन्, जुन तपाईँको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । कोकोको बिउबाट बनाइएको चकलेट, एन्टी–अक्सीडेन्टको सबैभन्दा राम्रोे स्रोत मानिन्छ ।

युनिभर्सिटी अफ कोलोग्नका प्राध्यापक डा. ड्रिक टबुर्टका अनुसार डार्क चकलेट खानाले स्वास्थ्यमा लाभ हुनुका साथै मुटु सँग सम्बन्धीत विभिन्न रोगहरुलाई टाँढा राख्नमा मद्दत गर्छ ।

डार्क चकलेट खानुको फाइदा ....

१. पौष्टकि तत्वले भरिएको डार्क चकलेट

चकलेटमा विभिन्न प्रकारका पोषक तत्वहरु पाइन्छ । तर, सबैभन्दा बढी ध्यान दिनु पर्ने कुरा, तपाईँ राम्रो गुणस्तर भएको डार्क चकलेट किनेर खानुस् । चकलेटमा राम्रो मात्रामा फाइबर पनि पाइन्छ र यसमा विभिन्न प्रकारका लवणहरुको राम्रो स्रोत पनि हो ।

डार्क चकलेटमा फैटी एसिड पनि पर्याप्त मात्रामा पाइन्छ । शरीरमा छिटो शक्ति चाहियो वा रक्तचाप कम भएको छ भने डार्क चकलेट खानु फाइदाजनक हुन्छ । डार्क चकलेटमा पाइने फाइबर, आइरन, म्याग्नेशियम, कपर र म्याग्नीजले तुरन्त शक्ति प्रदान गर्ने काम गर्छ ।

२. एन्टी–अक्सीडेन्टको राम्रो स्रोत

कोकोआ र डार्क चकलेट राम्रो गुणस्तर भएको छ भने त्यसमा एन्टी–अक्सीडेन्ट भरपुर मात्रामा पाइन्छ । यसमा पाइने एन्टी–अक्सीडेन्ट अरु कुनै खाद्य पदार्थमा पाइने एन्टी–अक्सीडेन्टको तुलनामा राम्रो र प्रभावकारी हुन्छ ।

३. रगत प्रवाह र कम रक्तचापलाई नियन्त्रण गर्न 

कोकोआ र डार्क चकलेटमा विभिन्न प्रकारका बायो–एक्टिभ तत्वहरु पाइन्छ  । जसले धमनिहरुमा रगत प्रवाहलाई राम्रो बनाउँछ साथै कम रक्तचापको समस्यालाई समाधान गर्नमा सहयोगी हुन्छ ।

४. मुटु सँग सम्बन्धीत रोगको खतरा कम गर्न

डार्क चकलेट खानाले मुटु सँग सम्बन्धीत रोगहरु लाग्ने खतरा निकै कम भएर जान्छ । चकलेट खानेहरुमा मुटु सँग सम्बन्धीत समस्यालाई टाँढा राख्छ ।

५. मस्तिष्कको क्रियाकलापलाई राख्छ दुरुस्त

डार्क चकलेट खानाले मस्तिष्कको क्रियाकलापलाई सँधै दुरस्त राख्नमा मद्दत गर्छ । एक अध्ययनका अनुसार पाँच दिन सम्म लगातार डार्क चकलेट खानाले मस्तिष्कको क्रियाकलापलाई बलियो बनाइ राख्छ । यसमा पाइने कैफीन र थियोब्रोमीनले मस्तिष्क क्रियाकलापलाई शक्ति प्रदान गर्ने काम पनि गर्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-09-18 07:31:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts