अनेक प्रयासका बाबजुद तपाईँको तौल कम हुँदैन भने यो कारण हुनसक्छ !

What's This?


Download our app to get more features

यदि हामी प्रत्येक दिन जिम जाने, व्यायाम गर्ने र सही डाइट सेवन गर्नाको बाबजुद यदि तपाईँको तौल कम हुँदैन भने त्यसको पछाडीको कारण के हुन सक्छ भनेर कहिले सोच्नु भएको छ ? यदि सोच्नु भएको छैन् भने अब सोच्नुस् । तपाईँको यतिधेरै सतर्कता अपनाउनुका बाबजुद तपाईँ मोटो हुनुको पछाडीको कारण हो तपाईँ बस्ने घरमा भएको धुलो । तपाईँलाई यो कुरामा सायद विश्वास भएन होला तर, तपाईँको घरमा भएको धुलोमा वातावरण प्रदूषणमा फैलाउने तत्व हुन्छ जसले फ्याट सेल्सको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । 

अमेरिकन केमिकल सोसाइटीका अध्ययनकर्ताका अनुसार घरमा हुने धुलोमा इन्डोक्राइन–डिसरप्टिंग केमिकल अर्थात EDC फ्याट भनिन्छ । उक्त फ्याटले त्यो कोषलाई प्रोत्साहन गर्छ जसले शरीरमा तौल बढ्ने हुन्छ । उक्त अध्ययनमा पाइए अनुसार घरको धुलोको कारणले एक छुट्टै प्रकारको शरीरमा जम्मा हुने हुन्छ जसलाई ट्राईग्लिसराइड्स भनिन्छ । 

EDC सिन्थेटिक वा प्राकृतिक तत्वहरु हुन्छन् जसले शरीरको हार्मोनहरुलाई दोहोर्याउन थाल्छ । जनावरमाथि गरिएको केही अध्ययनमा यो प्रमाण पनि फेला पारियो की जीवनको शुरुवाती दिनमा यदि तपाई EDC प्रति एक्सपोजर ज्यादा हुने हो भने जीवनको पछि आउने समयमा तौल बढ्ने समस्या उत्पन्न हुन सक्छ । EDC सामान्यतया उपभोग गर्ने सामानहरुमा पाइन्छ । जुन अन्तिममा आएर घरभित्रको धुलोमा परिणत हुन्छ । पछि घरमा भएको उक्त धूलोलाई हामी श्वासद्वारा आफूभित्र लिने गर्छौ र त्यही धुलो पछि हाम्रो छालामा शोशित हुन जान्छ ।

यूएस इन्भाइरोनमेन्टल प्रोटेक्शन एजेन्सीका अनुसार अमेरिकामा प्रत्येक दिन करीब 50mg घरको धुलो बच्चाहरुको शरीर भित्र पस्छ । अध्ययनकर्ताहरुले नर्थ क्यारलाइनाका ११ घरबाट इन्डोर डस्टको नमूना जम्मा गरे । ११ मध्ये ७ घरको धूलोको नमूनामा फ्याट सेल्सलाई विकसित गरी ट्राईग्ल्सिराइड्स बनाउने क्षमता भएको पाइयो । जस मध्ये १ धुलोको नमूनामा यस्तो थियो जसको कुनै प्रभाव परेन ।
 
अध्ययनकर्ताहरुले भने घरको धूलोमा पाइने केमिकल प्रति यदि तपाईँको एक्सपोजर हुन गयो भने त्यसले शरीरको मेटाबोलिक स्वास्थ्यलाई प्रभावित गर्छ र विशेषगरी बच्चामा प्रभाव पार्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-09-18 13:42:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts