उपकप्तान ज्ञानेन्द्रको फिटनेस फर्मूला यस्तो छ...



Download our app to get more features

काठमाण्डौ । देशलाई सफलता दिलाउन सँधै अग्रसर रहने खेलाडीहरु अन्य आममानिसभन्दा स्वास्थ्यमा बढि सजक रहन्छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तानको समेत भूमिका निर्वाह गरीरहेका ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल झनै स्वास्थ्यप्रति सजग छन् ।

‘स्वभाविक हो हामी मानसिक र शारीरिक रुपमा फिट हुनै पर्छ अन्यथा प्रदर्शन स्वभाविक हुँदैन ।’ हाम्रो डक्टरसँगको स्वास्थ्य संवादमा उनले भने ‘स्वास्थ्य सजगताले नै खेलाडीलाई सफलता दिलाउने एक मुख्य अध्याय हो,’  विगत लामो समयदेखि राष्ट्रिय क्रिकेट टिमका निर्विकल्प ब्याट्सम्यान ज्ञानेन्द्रलाई त्यो व्याट्सले छक्का पड्काउनको लागि पनि यही सजगताले साथ दिएको छ । त्यो व्याटले बललाई बाउण्ड्री कटाउने ताकत चाही कहाबाट आउछ त ? ‘खेल हुँदाको अवस्थामा साथमा फिजियो हुने हुनाले के कस्तो डाइट र एक्सरसाइज आवश्यक पर्छ भन्ने कुरामा चिन्ता हुन्न तर खेल नभएको अवस्थामा भने शरिरलाई ‘फ्याट मेनटेन’ गरेर चुस्त राख्नु पर्छ ।’ स्वास्थ्य रहन के गर्नुपर्छ उनमा दुवीधा छैन । 

आफु सजग रहेपछि स्वत खेलले नै उनको स्वास्थ्य मेनटेन गरीदिन्छ । तर स्टामिना अन्य मानिसहरुको तुलनामा बढि चाहिने भएकाले सोहि अनुसारको खानेकुरा खानु पर्ने उनको मत रहेको छ । ‘खेल र स्वास्थ्य एक सिकाका दुई पाटा हुन जो साधारण मानिसका लागि पनि अपरिहार्य छ ।’

क्रिकेट त उनको जिवन नै हो तर त्यससँगै आफुलाई फिट राख्नलाई नियमित शारीरिक र मानसिक स्फूर्तिका लागि अभ्यास त गर्छन । यद्यपी खेलाडीलाई ‘एक्स्ट्रा पुस’ चाहिने भएकाले गेडागुडी र हरियो तरकारीमा बढि जोड गर्ने गरेको मान्छन् । उनि भन्छन ‘स्वभाविक रुपमा खेलाडीलाई बढि मात्रामा उर्जा खपत हुन्छ भने शरीरलाई आवश्यक पर्ने डाइट खाने गरेको उनि मान्छन् । काठमाडौंमा पछिल्लो समय धुँवाधुलोको समस्या बढ्दो छ । यस्तोमा उनको सुझाव छ सकभर कम हिड्ने र हिँड्नै पर्ने भए माक्स अनिवार्य प्रयोग गर्नुपर्ने बताउँछन् ।’

उनले ठ्याकै यहि समयमा स्वास्थ्य जाँच गर्ने भन्ने नभएको तर शरीरमा ज्वरो वा रुघा खोकि आएमा स्वास्थ्य परिक्षण गर्ने गरेको बताउन् । त्यस्तै उनि भन्छन् ‘इन्जुरीका समयमा फिजिसियन साथमै हुने भएकाले कस्तो खालको इन्जुरी हो भन्ने कुराको ख्याल राखेर उपचार गरिन्छ तर संधै सबै एकै अवस्थामा हुन्न् ।’ त्यसो त उनि हरेक नेपालीले स्वस्थ रहनुपर्ने र स्वस्थ दिमागले मात्र प्रगति गर्न सकिने मान्यता राख्छन् । उनि भन्छन् ‘खेलाडीको स्वास्थ्य स्वभाविक रुमपा महत्वपुर्ण हुन्छ त्यसो भन्दै गर्दा आम नेपालीहरुको स्वास्थ्यमा पनि उत्तिकै चासो दिनु जरुरी छ ।’

स्वास्थ्य रहने ज्ञानेन्द्रका टिप्स
१. नियमित व्यायाम गरौं
२. खानेकुराहरुमा चिल्लो पिरो भन्दा पनि फलफुल र हरियोपरियो खानेकुराहरु लाभदायक लाग्छ ।
३. फ्याट कन्ट्रोल गर्नु जरुरी छ । फ्याट कन्ट्रोल गर्न सकेमा धेरै समस्याबाट जोगिन सकिन्छ ।
४. धुवाँ धुलोमा सकभर ननिस्कौं । निस्कनै परे मास्क र सुरक्षित हुने उपाय अपनाउन नबिर्र्सौं ।

 

Last modified on 2017-07-23 07:17:26

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts