डाइटिङ नगरी तौल घटाउन चाहानुु हुन्छ ? यस्ता छन् टिप्स

What's This?


Download our app to get more features

शहरमा बस्ने अधिकांशको टाउको दुखाईको बिषय बनिरहेको छ अनपेक्षित रुपमा बढेको तौल । व्यस्त दैनिकीका कारण उनीहरू खानपीन, प्रशस्त व्यायम, योगामा ध्यान दिन पनि सक्दैनन् । तर चुपचाप तौल घटाउने उपाय भने खोजी रहेका हुन्छन् । व्यस्त दैनिकीकाबीच पनि तौल घटाउन चाहनुहुन्छ भने यस्ता छन उपायः–

 ►  चहिनेभन्दा धेरै खानेकुरा एकै पटक नखाने, सबै अन्न खाने तर, कम मात्रामा 

► मासुको बोसो र छाला हटाएर खाने

►    खानाअघि केही फलफूल खाने, यसो गर्दा खाना कम खाए पनि पेट भरिएको महसुस हुन्छ ।

►    बिहानको ब्रेकफास्ट मजाले खाने तर डिनर हलुका मात्र खाने

►   सकेसम्म तेल या घिउको मात्रा थोरै प्रयोग गरेको तरकारी खाने 

►    ठूलो प्लेटमा खाना थोरै देखिने भएकाले धेरै लिइन्छ त्यसैले सकेसम्म सानो प्लेट र सानो चम्चा प्रयोग गर्ने ।

►    जुस खाँदा धेरै क्यालोरी एकै पटक खाइने हुँदा जुसभन्दा ताजा फलफूल टोकेर खाने ।

►    फ्राई गरिएका खानेकुरा, जङ्क फुड तथा चिनीजन्य खानेकुराबाट टाढा रहने 

►   ग्रीन सलादलाई प्राथमिकतामा राख्ने, दैनिक २ देखि ३ लिटर सादा पानी पिउने ।

►  घरमा एक्लै हुँदा होस् या टिभी कसैकसैको खाइराख्ने बानी हुन्छ । त्यस्तो बानी भएकाले दालमोट, भुजिया, कोलड्रिंक्सजस्ता खानेकुरा बढी घरमा ल्याएर नराख्ने । त्यो समयमा चुइगम चपाउने । जसले केही खाइरहने तलतल हटाउँछ ।

►   खाना कम गर्दा तौल नबढ्ला तर आपूmले चाहेअनुसार  फिगर बनाउन नियमित एक्सरसाइज भने गर्नै पर्छ । 


 

Last modified on 2018-09-05 06:08:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts