तिघ्रामा ल्यापटप राखेर चलाउने बानी छ ? नपुंसक हुन सक्छ 



Download our app to get more features

आधुनिक जीवनशैलीले  पुरुषको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ ।

पुरुषले गर्ने खानपान  तथा  अपनाउने  जीवनशैली पछि  गएर पछुतो मान्नुपर्ने हुन सक्छ । त्यसैले यसप्रती सचेत हुन पुरुषले यी कुरा ख्याल गर्नुपर्छ । 

  • जंकफूड खानुहुन्छ भने सकेसम्म छाडिदिनुस् । सक्नुहुन्न भने त्यसमा कमी ल्याउनुस् । यसले शुक्रकिटको क्वालिटी कम गर्छ । 
  • नास्तामा सम्भव भएसम्म दुईवटा केरा खानुस् । यसले  दिनभरी काम गर्ने शक्ति प्रदान गर्नुका साथै दिमागको बिरामी कम गर्न मद्दत गर्छ । 
  • शारीरिक अभ्यासविना स्वस्थ रहन्छु भन्ने सोच्नुभएको छ भने त्यो मूर्खता हो । त्यसैले आजैबाट व्यायाम गर्न सुरु गर्नुहोस् । 
  • सोडा, कफी, रातो मासुको सेवन कम गर्नुहोस् ।  खाना पकाउँदा राम्रो गुणस्तरको तेलको प्रयोग गर्नुहोस् । व्यायाम गर्न समय नभए अफिस जाँदा हिँडेर जाने, लिफ्टको साटो सिँढी प्रयोग गर्ने बानी बसाल्नु उत्तम । 
  • खानामा मौसमी तरकारी तथा फलफूल  खानु अति राम्रो मानिन्छ । 
  • बिहान नास्ता गर्ने बानी बसाल्नुहोस् । साँझको खाना लाइट खानु राम्रो मानिन्छ । त्यो पनि ८ बजेभन्दा अघि नै खाने कोसिस गर्नुहोस् । 
  • बिहान चाँडै उठ्ने र व्यायाम  गर्नुहोस् । यसले शरीरमा बोसो भरिनबाट रोक्छ । दिनभरी काम गर्ने जाँगर चल्छ । 
  • खानामा सलाद तथा गेडागुडीको प्रयोग गर्ने बानी बसाल्नुहोस् । 
  • खाना खाँदा रोटी  र भातको प्रयोग गर्नुहोस् । 
  • कपाल तथा शरीरमा हप्ताको तीनपटक मालिस गर्नुहोस् । 
  • ल्यापटप जाँघ वा तिघ्रामा राखेर चलाउने बानी छ भने बन्द गर्नुहास् । यसले नपुंसक बनाउने सम्भावना रहन्छ ।
Last modified on 2019-02-21 07:34:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts