चिनीयाँ अविवाहिताको नयाँ ट्रेन :  डिम्ब भण्डारण



Download our app to get more features

बीबीसी,२६ साउन ।  अनौठो अनौठो व्यवहार र रुचीका कारण चिनीयाँ युवायुवती पटक पटक समाचारका शिर्षक बन्ने गरेका छन् ।

कहिले हातले कम्मर बेरेर नाइटो छुने त कहिले रगत संकलन गर्ने ब्यागमा पेयपदार्थ पिउने । कहिले आइफोनका लागि शरीरका अंग नै बेच्ने त कहिले भर्जीनिटी लिलामको खुला आव्हान । पछिल्लो समय चीनमा अविवाहित महिलामा अर्को एक ट्रेन तिव्र रुपमा विकास भइरहेको बीबीसीले लेखेको छ । त्यहाँका अविवाहित महिलाले भविष्यका लागि आफ्ना डिम्ब विदेशमा भण्डारण (फ्रिज) गराउन थलेका छन् । चीन भित्र अविवाहित चिनीयाँ महिलालाई डिम्ब फ्रिज गराउन नपाउने नियमका कारण उनीहरू विदेशमा गएर फ्रिज गराउन बाध्य भएका हुन् । यी महिला तत्काल बिवाह र बच्चामा भन्दा पनि करियर निर्माणमा बढी ध्यान दिन चाहेको बताउँछन् । यसरी आफ्नो डिम्ब फ्रिज गराउनेमा मध्यम वर्गका तथा पढे लेखेका महिला बढी छन् । 

बेइजिङमा बस्ने ४० वर्षीया एक महिला भन्छिन् ‘मैले अहिलेसम्म सोचिसकेकी छैन् की भविष्यमा मैले बच्चा जन्माउँछु अथवा जन्माउँदिन । तर पनि आफ्नो डिम्ब भण्डारण गराइरहेका छु । डिम्ब फ्रिज गराए बापत लाग्ने शुल्क तिर्ने क्षमता आफुसँग भएको र यसो गर्दा भविष्यमा वैकल्पिक बाटो खुला रहने हुँदा फ्रिज गराएको उनको भनाई छ । उनले गत जनवरी महिनायता आफ्नो डिम्ब अमेरिकाको लस एन्जल्समा फ्रिज गराईरहेकी छिन् । डिम्ब सुरक्षित राख्नेहरूका लागि यो कार्य एक प्रकारको जुवा जस्तैं हो । डिम्ब भण्डारण गर्ने सबै महिलामा भविष्यमा पनि बच्चा बनाउन रुची रहन्छ भन्ने हुँदैन । भविष्यमा आमा बन्ने रुची भएन भने बर्षैको लगानी खेर जान्छ । यद्यपि, भविष्यमा आमा बन्न सक्ने बाटो खुल्ला राख्न चिनीयाँ महिला ठूलो लगानी गरिरहेका छन् ।


२४ वर्षीया जिया नाम गरेकी एक युवतीले अहिलेसम्म एक्लै रहेको बताइन । उनको कोही केटा साथी पनि छैनन् । तर पनि उनले भविष्य सम्झेर आफ्नो अण्डा सुरक्षित भण्डारण गर्न थालेकी छिन् । उनी ३० वर्ष नहुँदासम्म बिहे गर्ने सोचमा छैनन् । जियाले अमेरिकामा पीएचडी गरिरहेकी छिन् । उनी भन्छिन् विवाह भन्दा मेरो करियर प्यारो छ । आम्दानी बढाएर मात्रै बिवाहका बारेमा सोच्छु ।’ त्यतिजेञ्लसम्म ढिलो होला की भनेर डिम्ब फ्रिज गराउन थालेको उनको भनाइ छ । यस्तै ४० वर्षीया झाङगले पनि २ वर्षयता डिम्ब फ्रिज गराउँदै आएकी छिन् । उनी पनि अविवाहिता नै हुन । आफू सुहाउँदो जीवन साथी नभेटेको उनी बताउछिन । उनले आफू भन्दा कम उमेरको पुरुष खोजी रहेको बताइन । ताकी बच्चा जन्मियोस् ।

चीनको सरकारी समाचार संस्था सिन्हाका अनुसार चीनका विहाहित महिलाले दुई अवस्थामा आफ्ना डिम्ब भणडारण गराउन सक्छन् । पहिलो महिला बाझोपनको समस्यासँग जुधिरहेको, दोस्रो उनी क्यान्सरको बिरामी भएमा । तर, चीनमा पुरुषको हकमा भने यो नियम ठीक उल्टो छ । उनीहरूलाई जहिले र जुनसुकै अवस्थामा पनि आफ्नो शुक्रकिट सुरक्षित राख्न सक्छन् । महिलाका क्षेत्रमा काम गर्ने चीनका अधिकारवादी संस्थाहरूले यो पक्षपाती नियमले चीन सरकारको पुरुषवादी मानकिता दर्शाएको आरोप लगाउँदै आएका छन् ।

Last modified on 2017-08-10 15:28:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts