दालचिनीको प्रयोगः मधुमेहदेखि मुटुरोगी सम्मलाई फाइदा



Download our app to get more features

रको भान्सामा होस या ठूला तारे होटलहरूमा, बास्नादार मसलाको रूपमा प्रयोग गरिने दालचिनी चिनीरोग अर्थात मधुमेहको लागि प्रभावकारी छ । नियमित दालचिनीको धुलो सेवनले मधुमेहका रोगीलाई मात्रै होइन सबै मानिसलाई फाइदा नै गर्छ ।
 
दालचिनीेको बोक्रामा हुने तत्व ‘पोलिफिनोल’ ले मानव शरीरका विशेष प्रकारका प्रोटिनहरूको कामलाई बढाइ इन्सुलिन निस्कासन गराउन खबर गर्ने गर्छ । रगतमा रहेको ग्लुकोजलाई एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने र ग्लुकोजलाई टुक्राउन सहयोग गर्न पनि मद्दत गर्छ । जसले गर्दा रगतमा चिनीको मात्रा कम हुन्छ । यस बाहेक रक्तनलीमा जम्ने बोसोविरुद्ध पनि प्रभावकारी मानिएको छ । 

हाम्रै पूर्विय चिकित्सा पद्वति आयुर्वेदका ग्रन्थहरूमा पनि मुखको घाउखटिरा, अजिर्ण, बच्चाहरूको झाडापखला, बाथ र महिनावारी सम्बन्धी समस्या समाधानमा दालचिनीको प्रयोगले प्रभावकारी काम गर्ने उल्लेख छ । आयुर्वेदिक औषधिहरूमा पनि यसको समिश्रण गरेको हुन्छ । 

साथै चिनी रोग एंव बढी मोटो शरीर भएकाहरूले शुद्ध दालचिनीको धुलो दैनिक १–३ ग्राम प्रयोग गर्न सक्छन । यसको पाश्र्व प्रभाव हालसम्म देखिएको छैन । तर याद राख्नुहोस ! चिनी र बोसोविरुद्ध प्रभावकारी छ भनेर दालचिनीको धुलो राखेको मासुका परिकार, केक, मिठाइ, जुसलगायत खाद्य पदार्थ सेवन नगरेको राम्रो । बजारका यस्ता खाद्य सामाग्रीमा दालचिनी भनि अन्य धुलो प्रयोग गरिने हुँदा स्वास्थ्यमा प्रतिकुल असर पार्छ । यदि सतर्क र होसीयारी हुनु भएन भने झन् रगतमा चिनी र बोसोको मात्रा बढ्न सक्छ । 

Last modified on 2019-01-28 08:15:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts