बोझो प्रयोगको फाइदा 



Download our app to get more features

प्रायः सबै नेपालीले घाँटीको समस्यामा प्रयोग गर्ने जडीबुटी बोझोलाई संस्कृतमा ‘बचा’ नामले चिनिन्छ ।

यसको काण्डलाई औषधिका रूपमा प्रयोग गरिन्छ । यसको लेटिन नाम अकोरस कालामस हो । यो एरियसी फेमिलीअन्तर्गत पर्दछ । ओसिलो ठाउ“मा पाइने बोझो झट्ट हेर्दा अदुवाजस्तै देखिन्छ । औ“लाजत्रो मोटो र थुप्रै जोर्नी हुन्छन् । नेपालको तराईदेखि ६ हजार फिटसम्म पानी बढी भएको ठाउ“मा यो जडिबुटी पाइन्छ ।
यसको प्रयोगले मुख्य स्नायु प्रणालीमा प्रभाव पार्छ । पेट दुखाइ कम गर्न पनि मद्दत गर्छ । शरीरलाई पनि लठ्याउँछ । पिसाब र दिसा लगाउन र उल्टी गराउन पनि यसको प्रयोग गरिन्छ । खकार निकाल्न मद्दत गर्ने भएकाले श्वासप्रश्वासको समस्यामा पनि प्रभावकारी छ ।

बोझोले पीडा कम गर्न र शरीर लठ्ठ पार्ने विभिन्न क्लिनिकल रिसर्चबाट देखिएको छ । रक्तचाप घटाउन र श्वासप्रश्वास गति कम गर्न पनि यो प्रभावकारी छ । यसमा पाइने आर्सोन र वेटाआर्सोनको सम्मिश्रणले नसा मजबुत बनाउन मद्दत गर्छ । आयुर्वेद ग्रन्थहरूमा मेध्य, कण्ठय, वेदनास्थपन र सुलहर, शोथहर कर्म गर्ने भएकाले, मानसिक तनाव, हिस्टेरिया, अनिन्द्रालगायत स्नायुसम्बन्धी विभिन्न समस्याको समाधानका लागि बोझो एवं बोझोयुक्त सम्मिश्रण प्रयोग गरिन्छ । यसले स्मरणशक्ति एवं बुद्धि बढाउन मद्दत गर्छ भन्ने विभिन्न आयुर्वेदिक ग्रन्थमा उल्लेख छ । 

पेटमा भएको अत्यधिक ग्यासलाई निकाल्न मद्दत गर्ने भएकाले ‘कार्मिनेटिभ’को रूपमा यसलाई प्रयोग गरिन्छ । सानो टुक्रा बोझो चुस्दा मानसिक तनाव एवं थकाइ कम गर्छ । बोझोको जराको बोक्रोले रक्तस्तम्भको काम गर्छ । यसलाई विभिन्न स्वास्थ्य समस्याहरू जस्तै अरुचि, टाउको दुख्ने, बाथमा प्रयोग गर्न सकिन्छ । यसको रस पिलो, जोर्नीको पीडामा बाह्य रूपमा प्रयोग गर्न सकिन्छ ।

चूर्ण एवं धुलो एक सय २५ देखि पाँच सय मिग्रा र टुक्रा पाँच सय मिग्रा प्रयोग गर्न एवं चुस्न सकिन्छ । यदि बढी मात्रामा प्रयोग गरेमा उल्टी हुने, जिब्रो र घाँटी सुनिने र अन्य समस्या देखिन सक्छ । तसर्थ आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहअनुसार प्रयोग गर्नुपर्दछ ।

Last modified on 2017-08-15 14:31:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts