कपाल सम्बन्धी समस्यामा राहत पाउनका लागि प्रयोग गर्नुस ‘अदुवा’

What's This?


Download our app to get more features

कपाल झर्नु आजभोली जुनसुकै उमेरका मानिसहरुका लागि सामान्य बनिसकेको छ । त्यसमा पनि कम उमेरमै कपाल झर्नु र तालु नै खुइलिने समस्याले अहिलेका युवाहरु विशेषगरी पीडित हुने गरेको पाइन्छ । कपाल मानिसको सौन्दर्यको लागि पनि एकदमै महत्वपूर्ण मानिन्छ । कपाल नै नहुुनु वा कपाल पातलो भयो भने पनि त्यसले पनि तपाईँको सौन्दर्यमा असर पार्न सक्छ ।  बदलिँदो जीवनशैली सँगै बदलिँदो खानपानका कारन पनि कपाल झर्ने समस्या उत्पन्न हुने गर्छ । त्यतिमात्र नभई बजारमा पाइने विभिन्न प्रकारका केमिकलयुक्त सैम्पू र हेयर स्प्रेले गर्दा पनि कपाल झर्ने समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । 

यदि तपाईँ आफ्नो कपाललाई झर्नबाट रोक्न र बाक्लो बनाउनका लागि विभिन्न औषधि, तेलको प्रयोग गरिसक्नु भएको छ र त्यसको असर केहीपनि हुन सकेको छैन भने अदुवा तपाईँको कपालको लागि सबैभन्दा राम्रो हुन सक्छ । अदुवा एक यस्तो तत्व हो जुन सजिलै तपाईँको घर वा बजारमा पाउन सकिन्छ । अदुवा एक स्वस्थ बद्र्धक आयुर्वेदिक गुण भएको तत्व हो । जसको प्रयोगले तपाईँ आफ्नो कपाल सम्बन्धी सबै समस्यामा राहत पाउन सक्नु हुन्छ ।

जानौँ अदुवाको प्रयोगले कपालमा हुने फाइदाबारे... 

अदुवामा पाइने म्याग्नेशियम, पोटाशियम र फसफोरसले कपाललाई चम्किलो बनाउनुका साथ–साथै बलियो पनि बनाउनमा मद्दत गर्छ । 

कपालमा अदुवाको रस लगाउने बेलामा सँधै राम्रोसँग कपाल पखाल्नु पर्छ । किनकी अदुवाको रसमा एसिडिक गुण हुन्छ जसले गर्दा तपाईँको कपाललाई सुक्खा बनाउन सक्छ । 

अदुवालाई नियमित आफ्नो भोजनमा समावेश गर्नाले तपाईँको कपाललाई स्वस्थ राख्न सकिन्छ ।

अदुवालाई पिनेर त्यसमा ओलिभ ओयल मिसाएर कपालको जरामा लगाउने । आधा घन्टा पछि कपाललाई सैम्पूले राम्रो सँग धुने । यसले तपाईँको कपाल झर्ने समस्यामा राहत हुन्छ ।

कपाल झर्ने कारण मध्येको एक हो चायाँ । मौसम परिवर्तन र कपाल सफा नहुँदा चायाँ पर्न सक्छ । चायाँले गर्दा पनि कपाल झर्ने हुँदा त्यसबाट राहत पाउनका लागि तपाईँले अदुवाको प्रयोग गर्न सक्नु हुन्छ । दुई चम्च जति अदुवा पिनेर त्यसमा ३ चम्च ओलिभ ओयल र एक दुई थोपा कागतीको रस मिसाउने । उक्त मिश्रणलाई कपालको जरामा लगाउने र २० देखि २५ मिनेटपछि चिसो पानीले पखाल्ने । यो उपाय तपाईँले हप्तामा ३ पटक सम्म अपनाउन सक्नु हुन्छ ।

धुलो र प्रदूषणले गर्दा तपाईँको कपाल सुक्खा हुन सक्छ । त्यसैले यो समस्याबाट राहत पाउनका लागि पनि तपाईँले अदुवाको प्रयोग गर्न सक्नु हुन्छ । २ चम्च जति अदुवालाई पिनेर त्यसमा कागतीको रस मिसाउने र कपालमा मजाले मसाज गर्ने । १५ मिनेटपछि कपाल धुने, यसले तपाईँको कपालको रुखोपन हटेर जान्छ ।

यदि तपाईँ कपालको समस्यामा तुरुन्त लाभ चाहनुहुन्छ भने सकेसम्म ताजा अदुवाको प्रयोग गर्नुस् । 
 

Last modified on 2018-08-21 10:21:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts