कुन रोगीले व्रत नबस्ने ? व्रतालु बेहोश भए यसो गरौं !

What's This?


Download our app to get more features

आजहिन्दुधर्मालम्वीहरुो लोकप्रिय पर्व तीज ।

आजको दिन अधिकाँश हिन्दु नारीहरु विभिन्न मनोकाँक्षा पूरा गर्न भन्दै व्रत बस्ने गर्दछन् । तीजको व्रत अरु व्रत भन्दा कठोर मानिने गरिन्छ किनकी तीजको व्रतमा पानी पनि नखाई व्रत बस्दा मनले आँटेको पूरा हुने जनविश्वास रहिआएको छ । पानी पनि नखाई बसिने आजको व्रतमा कस्ता रोगीले व्रत बस्दा राम्रो र कस्ता रोगीले व्रत नबस्दा नै राम्रो त ? यसविषयमा जर्नरल फिजिसियन डा.निमेश पौडेलसँगको कुराकानीमा आधारित केही टिप्स यहाँ प्रस्तुत गरिन्छ । 

मधुमेहका रोगी– मधुमेहका बिरामीले तीजको मात्र नभएर कुनै पनि व्रत नबस्दा नै उत्तम हुने डा. निमेशको सुझाव छ । यो रोगका बिरामीले औषधी खाएपछि खाना खानैपर्ने र औषधी नखाँदा सुगरको लेवल ह्वात्तै तल झर्ने भएका कारण पनि व्रत नबस्न भनिएको हो । कतिजना सुगरका रोगी त मिस्रीपानी खाँदै व्रत बस्ने गरेको आफूले पाएको बताउँदै उनले यो झन जोखिमयुक्त तरिका भएको बताए ।यसकारण  यो रोगबाट पिडीतहरुले व्रत लिदै नलिन उनको सुझाव छ । 

ग्यास्टिक– ग्यास्टिक रोग लाग्ने कारण नै खाली पेट धेरै समय बस्नु भएकाले यो रोगीले पनि सकेसम्म व्रत नबस्दा नै वेश हुने उनको सुझाव छ । यदि बस्नैपरे पानी पनि नखाई नभई पानी तथा फलफूल खाएर बस्न उनी सुझाउँछन् । उनि भन्छन्–केही नखाई खाली पेट व्रत बस्नु स्वस्थ मानिसका लागि त हानिकारक छ भने ग्यास्टिकका बिरामीले त त्यसो गर्नुहुदैहुदैन । 

उच्च रक्तचाप – यस रोगका बिरामीले व्रत लिनै नहुने भन्दा पनि व्रतलाई परिस्कृत गरेर बस्न सक्नेमा डा. निमेशको जोड छ । तर व्रत बस्दा औषधी कुनै पनि हालतमा छुटाउनै नहुने उनी बताउँछन् । पानी तथा फलफूल खाएर भने उच्च रक्तचापका बिरामी व्रत बस्न सक्ने उनको भनाई छ । 

मुटुसम्बन्धी रोगी – यो रोग लागेका बिरामीहरुले पनि व्रत नबस्दा नै जाती हुने उनको भनाई छ । अझ एकपटक हृदयघात भइसकेकाले त व्रतबारे सोच्दै नसोच्नुपर्नेमा उनी जोड दिन्छन् । यो रोग जटिल र जोखिमयुक्त रोग भएकाले तीज मात्र नभएर कुनै पनि व्रत बस्दै नबस्न उनको सुझाव छ । 

गर्भवती – यस अवस्थाका महिलाहरुले पनि सकेसम्म व्रत नबसेकै  राम्रो हुनेमा डा. निमेशको जोड छ । यदि बस्ने नै हुँदा पानी तथा फलफूल अनि जुस खाएर बस्न उनी सुझाव दिन्छन् । गर्भवती महिलाले खाएको खानेकुराबाट नै पेटको बच्चाले पोषण पाउने हुँदा बच्चा र आफ्नो स्वास्थ्यका लागि व्रत नबस्न उनी सुझाव दिन्छन् । यस्तो अवस्थामा व्रत बस्दा बेहोस हुने, रिङगटा चल्ने,  बढी थकान हुने लगायतका समस्या देखिन सक्ने उनको भनाई छ । 

सुत्केरी– सुत्केरी महिलाले पनि व्रत नबस्नुपर्नेमा उनको जोड छ । बच्चालाई स्तनपान गराईरहनपर्ने तथा बच्चाको हेरचाह समेत गर्नुपर्ने भएकाले यी  अवस्थाका महिलाहरु कुनै पनि व्रतमा नबस्न उनको सुझाव छ । 

व्रतालु बेहोश भए यसो गरौं :
हामीले सुन्ने तथा देख्ने गरेका छौं की कतिपय व्रतालुहरु व्रतका क्रममा बेहोस हुने तथा चक्कर आएर लड्ने गरेका हुन्छन् । यदि यस्तो समस्या देखियो भने प्राथमिक उपचारका रुपमा निम्न काम तत्काल घटनास्थलमै गर्न डा. निमेशको सल्लाह छ –

  • बेहोश भएको वा लडेको व्रतालुलाई दुई चार जना मिली हावा चल्ने तथा शित्तलो ठाउँमा लैजाने । 
  • बिरामीको टाउँको आफ्नो काखमा राख्ने ता की टाउको शरीरभन्दा केही माथी उठोस् । 
  • तत्काल उपलब्ध पानी, मिस्री पानी, जुस , ग्लुकोज पानी जे छ टाउको हल्का उठाएर पियाइदिने । 
  • उचित हावाको प्रबन्ध मिलाईदिने जस्तो की केही कपडा वा वस्तुले हम्केर  पनि हावा दिन सकिन्छ । 
  • बिरामीको वरपर भीडभाड कम गर्ने प्रयास गर्ने । 
Last modified on 2018-09-12 12:23:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts