‘ह्यान्डसम भिलेन’ को स्वास्थ्य सुझाब

'चिल्लो मसलेदार जंकफुडले पेट बढाउँछ' – अनुपविक्रम



Download our app to get more features

काठमाडौं,१० भदौ । अभिनेता अनुपविक्रम शाही यतिबेला चर्चामा छन् ।

उनलाई ‘ह्यान्डसम भिलेन’ को उपनामले पनि चिनिन्छ । जहाँ गए पनि उनको आकर्षण शरीर, सुसंगठित जीउडाल, चम्किलो अनुहारको चर्चा भइहाल्छ । उनले अभिनय गरेका सात चलचित्र बजारमा आउने तयारीमा छन् । कृ, हुर्रे, कमलेको बिहे, झ्याँइ पर्यो लगायत आधा दर्जन चलचित्रमा काम गरिरहेका छन् । नायकको भूमिकामा चर्चा कमाएका शाही भिलेनको भूमिकामा पनि उत्तिकै अब्बल देखिन्छन् । यसरी हरेक क्षेत्रमा सफल र उत्कृष्ठ बन्नुमा उनी स्वास्थ्य अवस्थाले साथ दिएको बताउँछन् ।

स्वस्थ रहन अनुपले अपनाउने विधी 
अनुपविक्रम शाही हरेक दिन फिटनेस सेन्टर जाने गर्छन् । उनको यहि बानीका कारण शरीर स्वस्थ र सुसंगठित बनेको छ । उनी बिहान ५/६ बजे उठिसक्छन् । त्यसपछि २ घण्टा जिममा बिताउने गर्छन् । ४/५ वर्षदेखि नियमित जिममा गइरहेको उनी बताउँछन् । मानिस जती ‘फिट’ भयो त्यती ‘हेल्दी’ हुन्छ । फिटनेसले स्वस्थ रहन निकै सहयोग गरेको उनको भनाइ छ । 

स्वस्थ जीवनका लागि अनुपको सुझाब
स्वस्थ जीवनका लागि स्वस्थ र सन्तुलित खाना जरुरी हुन्छ । जीम जादा पोषण सम्बन्धी धेरै कुरा थाहा पाउन सकिन्छ । स्वस्थ रहन ब्यालेन्स डाइटमा ध्यान दिन्छु । जस्तो खाना खायो शरीरमा त्यसै असर पर्छ । चिल्लो मसलेदार जंकफुडले पेट बढाउँछ । त्यसैले हेल्द्री खाना, फलफूल खाने गरेको छु र अरुलाई पनि यस्ता खानाबाट टाढै रहन सुझाब दिन्छु । स्वस्थ खानाले मुहारमा चमक आउँछ । जिम जाने समय खानाको तालिका नै बनाएर खाने गरेको छु । फिटनेस सेन्टरका गुरु सन्दिपकुमार श्रेष्ठले खानाको चार्ट  बनाएर दिनुभएको छ । उक्त तालिका ८० देखि ९० प्रतिशतसम्म फलो गर्छु । जिम नगएको समयमा वा बाहिर भएको समयमा तालिका अनुसारको सन्तुलन मिलाउँछु । तर, कहिले काही सम्भव हुँदैन । कुन गाउँमा पुगिएको हुन्छ । पैसा भए पनि सामान किन्ने ठाउँ हुँदैन । त्यस समयमा जे पाक्छ त्यहि खाने हो । सकेसम्म हेल्दी खाना नै खाने गर्छु ।

थोरै थोरै गरी खाऔं
एकै पटक धेरै खाना खादिन । थोरै थारै गरी खाने गर्छु । जहिले पनि एक दुई गाँस कम खाने गर्छु । बिहान उठ्नासाथ एक लिटर पानी पिउँछु । जिम जाने हुँदा दूध अण्डा खाने गर्छु । जिम जाने समय भने एकनासको छैन । कहिले बिहान र कहिले साँझ जान्छु । जिम पनि एउटा नसा जस्तैं हो । यो एउटा गेम पनि हो । सबैले यसलाई नियमित गर्न सक्दैनन् । खानाको ब्यालेन्स मिलाउन नसके जिम जानुको अर्थ हँुदैन । जिम गएर एक्ससाइज मात्र गरेर हुँदैन । राम्रो खाना खानुपर्छ अनि मात्र शरीर बन्छ । जिम गएर खानाको ब्यालेन्स राम्रो भएन भने नशा च्यापिने, मसल च्यातिनेलगायत स्वास्थ्य समस्या देखिन सक्छ । 

रोग केही छैन 
सामान्य रुघाखोकी लागि नै हाल्छ तर अहिलेसम्म ठूलो कुनै रोग लागेको छैन । सायद स्वास्थ्यमा सजक भएर पनि होला । स्वस्थ रहन कसैसँग प्रतिश्पर्धा गर्ने होइन । जब मानिस स्वस्थ रहन्छ सबै काम सहज लाग्न थाल्छ । त्यसैले हरेक दिन समयमा उठ्ने, व्यायम गर्ने, खानामा सन्तुलन मिलाउने गर्नुपर्छ । यसका लागि जिम नै जानु पर्छ भन्ने छैन । 

Last modified on 2018-02-12 14:05:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts